लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

पत्रकार रायमाझीको माताको ११ औं पुण्यतिथिमा नेकपा माओबादी केन्द्रको शोकसभा

IMG

तिलोत्तमा सिटी, फाल्गुण ११ गते २०७८। रुपन्देही नेकपा (माओवादी केन्द्र) रुपन्देही जिल्ला समन्वय समितिको आयोजनामा स्व रुपकला रायमाझीको ११ औं पुण्यतिथि कार्यक्रम गरेको छ। प्रेस सेन्टर नेपालका अध्यक्ष कमल रायमाझीको माता रुपकलाको उपचारको क्रममा ११ दिन अघि फागुन १ गते निधन भएको थियो।  स्वर्गीय रुपकलाको भैरहवा बालापुर स्थित उहाँकै निवासमा फागुन ११ गते बुधबारको दिन नेकपा माओबादी केन्द्रले  शोकसभा कार्यक्रम सम्पन्न गरेको छ।


नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेश सह-इन्चार्ज नेता हक्की कुल्हा खाँ को प्रमुख अतिथित्यता रहेको शोक सभा कार्यक्रममा लुम्बिनी प्रदेश कमिटी सदस्य तथा रुपन्देही जिल्ला संयोजक निर्मल जिसि, नेकपा माओवादी केन्द्र  लुम्बिनी प्रदेश कमिटी सदस्य रिज्जु श्रेष्ठ , प्रदेश सदस्य तिल बहादुर रोक्का मगर (डार्बिन), नेकपा माओवादी केन्द्र प्रदेश सदस्य धन बहादुर गुरुङ, वाइसीएल नेपालका केन्द्रिय सदस्य माधव बस्नेत,  युवानेता हेमन्त पाण्डे, युवा नेता बिष्णु थापा, युवा नेता प्रमोद यादव , ओमसतियाका निर्वाचित जनप्रतिनिधि वडाध्यक्ष चन्नर यादव , शिव कुमार धवल लगायतका नेताहरुको उपस्थिति रहेको शोक सभा कार्यक्रममा जिल्ला तह तथा स्थानीय नेताहरुको बाग्लो सहभागीता रहेको थियो।स्वर्गीय माता रुपकलाको पत्रकार कमल रायमाझी सहित ४ जना सुपुत्र र २ जना सुपुत्री रहेका छन्।  

कमेन्ट गर्नुहोस्