
तिलोत्तमा सिटी, फाल्गुण ९ गते २०७८।रुपन्देहीको तिलोत्तमा नगरपालिकाले शिक्षा स्वास्थ्य संगै अब पशुपालन र कृषिका लागी समेत छुट्टै सेवा संचालन लाई थप प्रभाबकारी बनाउने भएको छ। कृषि सेवा केन्द्र संचालनमा ल्याएको नगरपालिकाले सोहि स्थानमा थप पशु सेवा केन्द्र संचालनका लागी भवन बनाउने निर्णय गरेको हो।
तिलोत्तमा-७ दल्कामा विभिन्न सेवा सुबिधा सहित पशु सेवा केन्द्र भवनको आज नगर प्रमुख बासुदेब घिमिरे तथा उप प्रमुख जागेस्वरी देवी चौधरीबाट संयुक्त रुपमा शिलान्यास गर्नु भएको छ । हालसम्म पशु सेवा केन्द्र तिलोत्तमा-२ को जानकीनगर र तिलोत्तमा-१५ को कोटिहवामा संचालन गर्दै आइरहेको सेवाको थप ईकाई बाट सेवा संचालन गर्नु पर्ने टड्कारो आवश्यकता ठानी सो भवन शिलान्यास गरिएको नगरप्रमुख घिमिरेले बताउनु भयो। तिलोत्तमा नगरपालिका जोगिकुटि देखि कोटिहवा सम्मका किसानलाई पशु लिएर आउने समस्याबाट मुक्ति दिलाउन नजिक हुने गरि सेवा केन्द्र स्थापना गर्न लागिएको जानकारी गराउदै अब पशु सम्बन्धि सेवा सुबिधा सरल रुपले प्राप्त हुने नगरप्रमुख घिमिरेले बताउनुभयो।
सो अवसरमा बोल्दै नगर उपप्रमुख जागेश्वर देवी चौधरीले पशुपालक किसानहरुको मागलाई ध्यानमा राखी बिच पर्ने भाग तिलोत्तमाको क्रिसी सेवा केन्द्र संगै पशु सेवा केन्द्रको स्थापना गरेको बताउनुभयो। उहाँले अब पशुपालक कृषकहरुलाई चाहिने सेवा सुबिधा तथा विभिन्न पशु सेवा उपचार सोहि ठाउँबाट उपलब्ध हुने बताउनु भयो। कार्यक्रममा नगरप्रमुख बासुदेव घिमिरे, उपप्रमुख जागेश्वर देवी चौधरी, नगर प्रबक्ता सुरेन्द्र श्री, वडा नम्बर ७ का वडा सदस्य देवी पंगेनी, वडाका प्रतिनिधि तथा कर्मचारी लगायत स्थानीयको उपस्थिति रहेको थियो।
कमेन्ट गर्नुहोस्