लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

चैत १९ गते नेपाल बार एशोसिएसनले निर्वाचन गर्ने

IMG

२०७८ फागुन ९ ,तिलोत्तमा सिटी ।  यही  चैत १९ गते  नेपाल बार एशोसिएसनले निर्वाचन गर्ने भएको छ । देशभर एकसाथ चुनाव हुने नेपाल बार एशोसिएसनको निर्वाचन समितिले जनाएको छ । चुनावमा एक जना अध्यक्ष, आठ जना उपाध्यक्ष, एक जना कोषाध्यक्ष, एक जना महासचिव र १४ जना सदस्य निर्वाचित हुने समितिले जनाएको छ।  समितिका अनुसार चुनावका लागि फागुन १० गते मतदाता नामावली प्रकाशन गरिने, नामावलीमा दाबी विरोध फागुन १३ गते, अन्तिम नामावली फागुन २० गते प्रकाशित गर्ने र फागुन २३ गते उम्मेदवारी दर्ताको समय तोकिएको छ र  फागुन २५ गते अन्तिम नामावली प्रकाशित गरिनेछ । साथै, चैत १९ गते बिहान ८ देखि अपराह्न ४ बजेसम्म मतदान हुने र निर्वाचन सकिएपछि मतगणनाको कार्यक्रम सुरु हुनेछ ।

कमेन्ट गर्नुहोस्