लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

मिलिजुली आमा समुह तिलोत्तमा-२ अध्यक्षमा बसुन्धरा पाण्डे

IMG

तिलोत्तमा सिटी, फाल्गुण ७ गते २०७८।  रुपन्देहीको तिलोत्तमा-२ स्थित मिलिजुली आमा समुहको नवौ साधारण सभा तथा पाचौं अधिबेशनबाट बसुन्धरा पाण्डे अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित हुनु भएको छ।  निबर्तमान अध्यक्ष गीता बश्यालको अध्यक्षतामा आज सम्पन्न साधारण सभा तथा अधिबेशनले पाण्डेलाइ सर्बसम्मत चयन गरेको हो।  बिगत लामो समय देखि यस क्षेत्रमा रहेर सामाजिक कार्यमा क्रियाशील रहेको यस आमा समुहले तीज मिलन कार्यक्रम देखि आफ्नो बार्षिकोत्सव मा विभिन्न रचनात्मक कार्य गर्दै आएको छ। आम समूह समाजमा मात्रै केन्द्रित हुनु मात्र नभएर यसले देश र समाजको लागि फरक ढंगले काम गर्नुपर्ने बताउदै नव निर्बाचित अध्यक्ष पाण्डेयले समाजमा रहेर आम समुहको नाम राख्ने खालको योजना सहित काम गर्ने बताउनुभएको छ।  

कमेन्ट गर्नुहोस्