
तिलोत्तमा सिटी,माघ २१ गते २०७८। तिलोत्तमा नगरपालिकाको एघारौ नगरसभा नगरपालिकाको सभाहल कुञ्जलापुरमा सम्पन्न भएको छ। नगरप्रमुख बासुदेब घिमिरेको अध्यक्षतामा सम्पन्न नगरसभाले , नगर उपप्रमुख जागेश्वरी चौधरीबाट प्रस्तुत गरिएको विभिन्न प्रस्ताबमा निर्णय गरेको छ। नगरको हालसम्म भएका न्यायिक समितीको प्रतिबेदन, बिभिन्न ऎन निर्माण भएका कानुन तथा नीतिसम्बन्धि प्रस्तावहरुमा सर्बसम्मतले निर्णयहरु भएका छन्।
नगरसभाले तिलोत्तमा नगरपालिकाको स्थानिय निकायमा कर्मचारी समायोजन भएका आर्थिक ऎन, बेरुजु नियमितता, कर्मचारीलाई प्रोत्साहन सुबिधा, कर दायरा, भ्युटावर र जग्गा लिजमा दिने प्रस्ताव लगायतका नीतिगत निर्णय सर्व सहमतिमा पारित गरेको छ । विभिन्न निर्णयको बारेमा रहेका जिज्ञासा र सुझावमा नगरसभाका सदस्य तथा कार्यपालिका सदस्यहरुले राख्नुभएको सर्बसम्मत सहमतिमा नगरको प्रसासनिक नीतिको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले आबश्यक सहजीकरण गर्नुभएको थियो । नगरसभामा सबै वार्ड अध्यक्ष एबम कार्यपालिका सदस्य कर्मचारीहरुको सहभागिता रहेको थियो।
कमेन्ट गर्नुहोस्