
२०७८ माघ १९, तिलोत्तमा सिटी। १७ वर्षिया युवतीलाई बलात्कार गरी गर्भपतन गराएको आरोपना त्रिवेणी गाउँपालिका– १, सल्यानका २५ वर्षीय जनकबहादुर पुनलाई जिल्ला अदालत म्याग्दीले ११ वर्ष कैद फैसला सुनाएको छ । म्याग्दीका जिल्ला न्यायाधीश तेजनारायण पौडेलको इजलासले १७ वर्षीया युवतीलाई बलात्कार गरेर जबरजस्ती गर्भपतन गराएको भन्दै बलात्कार कसुरमा १० वर्ष र गर्भपतन गराएको कसुरमा थप १ वर्ष गरी ११ वर्ष कैद फैसला गरेको हो ।
अदालतले आरोपित जनकलाई ३० हजार जरिवाना र ३० हजार क्षतीपुर्ति भराउने आदेश गरेको जिल्ला अदालत म्याग्दीका श्रेस्तेदार तेजप्रसाद पौडेलले बताउनुभयो । २०७६ साउन २९ गते बलात्कार गरी माघ २ गते पोखरामा लगेर जबरजस्ती गर्भपतन गराएको भन्दै पीडित १७ वर्षीया युवतीले माघ ७ गते जिल्ला प्रहरी कार्यालय म्याग्दीमा उजुरी दिएकी थिइन् ।
उजुरीका आधारमा त्रिवेणी गाउँपालिका– १, का २५ वर्षीय जनकबहादुर पुनलाई प्रहरीले उजुरी दिएकै दिन गिरफ्तार गरेको थियो । नवलपरासी रामग्राम– ४, घर भई पोखरा महानगरपालिका– ८, स्थित उपचार स्वास्थ्य क्लिनीक सञ्चालन गरिरहेका ५१ वर्षीय डाक्टर राजेन्द्रकुमार चौधरी र गर्भपतन गराउँदा साक्षी बस्ने बालिकाको ६६ वर्षीय बुबालाई जिल्ला अदालत म्याग्दीले गत पुस २६ गते १ वर्ष कैद र ३० हजार रुपियाँ जरिवाना तिराउने फैसला गरेको थियो ।
कमेन्ट गर्नुहोस्