
तिलोत्तमा सिटी,माघ १६ गते २०७८। तिलोत्तमा नगरपालिका परिसरमा आज बीर सहिदको सम्झनामा श्रद्धासुमन ब्यक्त गर्दै माल्यार्पण गरिएको छ।नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले ४ शहिदको सम्झनामा आफुले कोरेको रचना समेत बाचन गर्दै शहिदहरुको त्याग र आहुति स्मरणयोग्य रहेको बताउनुभयो। सहिदले देखाएको बाटोमा सबै नेपाली लाग्नुपर्ने बताउदै नगरप्रमुख घिमिरेले देशका निम्ति प्राण आहुति दिने शहीदलाई सम्झनामा मात्र नभएर तिनीहरुले देखाएको बाटोमा सधै लाग्ने प्रेरणा लिनुपर्ने समेत बताउनुभयो।नगरप्रमुख घिमिरेले नगरका वडा कार्यालय, स्वास्थ्य सस्था, बिषयगत शाखा तथा सबै स्थानमा विभिन्न सरकारी तथा गैर सरकारी सस्थाहरुले शहीदप्रति सम्मान ब्यक्त गर्न साँझ दिपावली गर्न समेत सुझाउनुभयो।
सो अवसरमा नगर उपप्रमुख जागेश्वरदेवी चौधरी , कार्यपालिका सदस्य तथा वडानम्बर-१४ का अध्यक्ष सोहन प्रसाद थारु, वडा नम्बर-१२ का अध्यक्ष सहदेव थारु , प्रमुख प्रसासकिय अधिकृत जीवन ज्ञवालीसंगै नगरपालिकाका बिषयगत शाखाका कर्मचारी,जनप्रतिनिधि, सेवाग्राहीहरुले शहिद प्रति माल्यार्पण गर्दै हार्दिक श्रद्धासुमन ब्यक्त गरेका थिए।
नगरप्रमुख घिमिरेले बाचन गरेको रचना :
महान् सहिदलाई सलाम !
आफूभन्दा देश र जनतालाई सर्वोपरी ठान्यौ ।।
व्यक्तिगत स्वार्थलाई तिलाञ्जली दिँदै
सामन्ती दासत्व मुक्तिलाई मूल मन्त्र मान्यौ।।
मृत्युलाई हासी—हासी स्वीकार गर्दै
ईतिहासमा सधैं बाच्ने मार्ग समायौ।।
महान् सहिदलाई सलाम !
कमेन्ट गर्नुहोस्