लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

अत्याधिक बढ्यो तिलोत्तमाको जनसंख्या, बिकाश र सुशासन प्रति बढ्दो आकर्षण

IMG

तिलोत्तमा सिटी,माघ १४ गते २०७८। केन्द्रीय तथ्यांक विभागले राष्ट्रिय जनगणना २०७८ को संक्षिप्त नतिजा प्रकाशन गरेसंगै अहिले तराइको जनसंख्या ह्वात्तै बढेको देखिन्छ।रुपन्देहीको तिलोत्तमा नगरपालिकाको जनसंख्या अहिले ह्वात्तै बढेको छ।  रुपन्देहीका अन्य पालिका भन्दा तिलोत्तमामा जनसंख्याको बढ्दो दर ठुलो छ। दश बर्षमा तिलोत्तमाको जन संख्या ४९ प्रतिशतले वृद्धि भएको छ । अन्य पालिकाको दाजोमा यो रुपन्देहीमा बढ्दो हो, यसले यहाँको आकर्षण बढि रहेको पुष्टि गर्दछ । हाल १४९६५७ जनसंख्या रहेको तिलोत्तमामा बिकास निर्माण संगै सुशासन कायम भएकाले यहाँ मानिसको आकर्षण बढेको देखिन्छ।  यहाँको खानेपानी, बिजुली, शिक्षा स्वास्थ्य, उपचार, औधोगिक बिकाश, ब्यापार, रोजगारी कृषि तथा पर्यटन क्षेत्रले पनि निकै फड्को मारेको छ।  त्यसकारण पनि तिलोत्तमा सुगम नगरपालिकाको कोटामा पर्दछ।  यसरि हेर्दा तिलोत्तमा क्षेत्रमा बसोबास सरि आउने क्रम निकै बढ्दो देखिएको छ। 


हालै सार्बजनिक नतिजाअनुसार हिमालमा जनसंख्या घटेको छ । १० वर्षयता पहाडमा बसोबास गर्ने जनसंख्या केही बढे पनि प्रतिशतको हिसाबले घटेको छ । तर मधेको जनसंख्या ५०.२७ प्रतिशतबाट बढेर ५३.६६ प्रतिशत पुगेको छ । १० वर्ष पहिले अर्थात् २०६८ सालमा हिमाली भेकमा १७ लाख ८१ हजार ७९२ जना (६.७३ प्रतिशत) मानिस बस्थे । अहिलेको जनगणना अनुसार हिमाली भेकमा १७ लाख ७८ हजार १०४ जना (६.०९ प्रतिशत) मात्र बसोबास गर्दछन् । अर्थात १० वर्षमा हिमाली भेगमा ३६८८ जनसंख्या घटेको छ ।पहाडमा १० वर्ष अगाडि कुल जनसंख्याको ४३.०१ प्रतिशत मानिसहरू बसोबास गर्दै आएका थिए । अहिले पहाडमा ४०.२५ प्रतिशत जनसंख्या मात्रै बसोबास गरिरहेको जनगणनाले देखाएको छ । करिब ३ प्रतिशत जनसंख्या पहाडबाट मधेशमा बसाइँ झरेको छ । कुल जनसंख्याको प्रतिशतमा ३ प्रतिशत कम देखिए पनि संख्याको हिसाबले पहाडी जिल्लाहरूमा केही संख्या बढेकै देखिन्छ ।१० वर्षअघि पहाडको जनसंख्या १ करोड १३ लाख ९४ हजार ७ थियो । अहिले १ करोड १६ लाख ४८ हजार ५४८ जना मानिसहरू पहाडी जिल्लामा बसोबास गरेको देखिन्छ । अर्थात् १० वर्षको अवधिमा पहाडमा करिब अढाइ लाख, अर्थात २ लाख ५४ हजार ५४१ जना मानिसहरू थपिएका छन् ।


किन बढ्यो जनसंख्या

पहाड र हिमाल क्षेत्रमा बस्ने जनताको नजरमा मधेश अर्थात तराई सुगम क्षेत्र मानिन्छ । तराईका समथर जिल्लाहरू उब्जाउ जमीन भएकाले राष्ट्रको अन्नको भण्डार मानिन्छ । नेपालको अर्थतन्त्रमा कृषिको योगदान ५ भागमा २ भाग हुन्छ । त्यो मधेशकै योगदानले हो । त्यसैले कृषि उत्पादनको अभिबृद्धिका लागि नै भनेर विगतका सुरूका १० वटा पञ्चवर्षीय योजनाहरूको लगानीमा निरन्तर तराईका २४ जिल्लाले प्राथमिकता पाएको हो । बागमती, नारायणी, कोशी, गण्डकी, भैरहवा लुम्बिनी, वाणगंगा, बबई, महाकालीजस्ता सिंचाई आयोजनाहरू तराईमै बने ।मधेशभित्रै एक हजार किमी लामो महेन्द्र राजमार्गलगायत सबै जिल्ला सदरमुकामहरू जोड्ने महत्वपूर्ण पीच सडकहरू छन् । काठमाडौं छाडेर, विराटनगर, वीरगञ्ज, गैडाकोट, बुटवल, नेपालगञ्जमा स्थापित हजारौं उद्योगहरू त्यही छन् । क्षेत्रीय, उपक्षेत्रीय, अञ्चल, जिल्लास्तरका दर्जनौं अस्पतालहरू, हजारौं विद्यालय, पचासौं क्याम्पसहरू, बैंकहरू, विद्युत प्रशारण लाइन, टेलिफोन, सेलफोन, बस, ट्रक, रिक्सा, साइकल, एक्का, मोटरसाइकल, जीप, टिभी प्रशारण सुबिधा, एफएम रेडियो, पत्रिका, अखबार, इमेल, इन्टरनेटजस्ता पूर्वाधार वा अन्य भौतिक सेवासुबिधा उपलब्ध हुनाले स्थानीय रोजगारीको पहुँच एवं अवसर त्यही घनिभूत छन् ।


भारतीय सीमासँगको सामीप्य र भौतिक पूर्वाधारले जोडिएका कारणबाट सस्तोमा, शिक्षा, स्वास्थ्य एवं दैनिक उपभोगका वस्तुहरूको उपभोग गर्न पाउनुका अतिरिक्त कृषिसाधन तथा उत्पादनका लागि बजार पाउने सौभाग्य दशकौंदेखि तराईबासीले पाएका छन् । मधेशका प्रायः सबै गाउँहरूमा कच्ची नै भएपनि सडक सञ्जालले जोडिएका छन् । बस, ट्रक, गाडा, मोटरसाइकल, साइकल, ट्रेक्टरजस्ता आम सवारीसाधन निरन्तर चलिरहेका हुन्छन् । सुबिस्ता र सुगमताले पहाड र हिमालबाट तराई अत्याधिक बसाइँसराइ भएको छ ।देशको भूमिमध्ये पहाड, हिमालले ७७ प्रतिशत र समथर तराईले करिब २३ प्रतिशत ओगट्छ । देशको कूल क्षेत्रफलको करिब १७ प्रतिशत जमीन खेतियोग्य छ । यसमा सिंचाई गर्न सम्भव हुनेखालका कूल १७ लाख हेक्टर जमीन पनि पर्छ । यसमध्ये ३ लाख हेक्टर (१३ प्रतिशत) सिंचाईयोग्य भूमागमात्र हिमालपहाडमा छ । यही १३ प्रतिशत जमीनको उत्पादनबाट ५१ पहाडी जिल्लाका ५२ प्रतिशत बासिन्दालाई मुस्किलले आधा वर्ष खान पुग्छ । सरकारद्वारा निर्मित सिंचाई आयोजनाबाट पु¥याइने सिंचाई सुविधामध्ये १० प्रतिशतमात्र पहाडका भूमि सिञ्चित हुन्छन्, बाँकी तराईमा हो ।


फलतः तराईको जनसंख्या बढेको हो तर पनि तराईको गरिबीको सूचक पहाडको भन्दा नराम्रो छ । यसको मूल कारकतत्व थिचोमिचोयुक्त तराईको सामाजिक सांस्कृतिक आर्थिक वातावरण नै हो । तराई श्रोतसाधन र सम्भावनामा अतुलनीय धनी छ । यसैले तराईले पहाड र हिमाललाई पालिरहेको छ । हिमाल र पहाडले तराई पाल्ने दिन आउन अझै कैयन दशक लाग्न सक्छ ।


कमेन्ट गर्नुहोस्