
तिलोत्तमा सिटी,माघ ९ गते २०७८। देशकै उत्कृस्ट नगरपालिका रुपन्देहीको तिलोत्तमा नगरपालिकाको प्रमुख प्रसासकिय अधिकृतको रुपमा जिबन ज्ञवालीलाई स्वागत गरिएको छ। आइतबार एक कार्यक्रमको आयोजना गरी तिलोत्तमा नगरपालिकाको सभाहलमा नगर प्रमुख बासुदेव घिमिरेले ज्ञवालीलाई पुष्पगुच्छाद्वारा नगरपालिकामा स्वागत गर्नुभएको हो। सो कार्यक्रममा नगरपालिकाका कार्यपालिका सदस्य तथा वडा नम्बर ५ का अध्यक्ष चेत नारायण भण्डारी , प्रसासन अधिकृत माधव पोख्रेल, विभिन्न बिषयगत शाखा प्रमुख, कर्मचारी तथा जनप्रतिनिधि हरुको उपस्थिति रहेको थियो।
सो कार्यक्रममा बोल्दै नगरप्रमुख घिमिरेले नगरपालिकाको सेवा प्रवाहमा अझै छिटो छरितो र उत्कृस्ट कार्यकुशलता नगरबासीहरुले पाउने आशा ब्यक्त गर्नुभयो। बाग्लुङ्ग बाट सरुवा भै आउनुभएका नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत जिबन ज्ञवालीले नगरबासीको सेवामा आफु सधै खटेर लागेको र यस नगरमा काम गर्ने अवसरप्रति खुसी ब्यक्त गर्दै सेवा प्रबाहकार्यप्रति उत्साहित बनेको समेत बताउनुभयो।
कमेन्ट गर्नुहोस्