
२०७८ माघ ७, तिलोत्तमा सिटी। करिब ६०० यात्रु बोकेको जहाज उत्तरपश्चिम प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआरसी)को कङ्गो नदीमा आइतबार दुर्घटना हुँदा कम्तीमा १८० जना बेपत्ता भएको स्थानीय अधिकारीहरूले बिहीबार जानकारी दिएका छन् ।जहाज अत्यधिक भारका कारण दुर्घटना भएको हुनसक्ने संयुक्त राष्ट्रसंघ समर्थित समाचार आउटलेट रेडियो ओकापीले केही जीवित व्यक्तिहरूको भनाइलाई उद्धृत गर्दै जनाएको छ ।विशेष गरी कङ्गो नदीमा प्रायः रातको यात्रा, ओभरलोड र जहाजहरूको खराब अवस्थाका कारण बारम्बार दुर्घटना हुने गर्दछ ।
कमेन्ट गर्नुहोस्