लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

सामुहिक ईहि यज्ञ शुरु

IMG

तिलोत्तमा सिटी,माघ ७ गते २०७८। नेवारी कन्याहरुको सामुहिक बेल विवाह (ईही यज्ञ) बुटवलमा शुरु भएको छ । कोभिड संक्रमण बढेसंगै पुर्वनिर्धारिक कार्यक्रमलाई स्वस्थ्य सावधानी अप्नाएर गरिएको हो। माघ ७ र ८ गते देबीनगर स्थित भुपुसैनिक सभा हलमा शुक्रबार सुरक्षा सावधानी अप्नाएर कार्यक्रम गरिएको श्री नेवा सेवा समितिका अध्यक्ष चिरञ्जीवी श्रेष्ठले बताए । यसैगरि काठमाडौंका नेवारी पंडित हरिशरण राजोपाध्यायबाट नेवारी संस्कृति अनुसार विधिपुर्वक पुजा गरिने उनले बताए । ईही यज्ञसंगै नेवारी कुमारहरुको सामुहिक क्येटा पुजा( ब्रतबन्ध) समेत गरिने उनले बताए । लुम्बिनी प्रदेशका विभिन्न जिल्लाबाट कार्यक्रममा सहभागीता रहेको उनले बताए । ‘यो वर्ष ५० जना कन्याको ईहि यज्ञ र २० जना बालकको ब्रतबन्ध हुने छ ।’–उनले बताए ।


बिबाह उत्सवमै जस्तो नातेदार र आफन्तहरुलाई निम्ता गरेर भोज खुवाउने गरिएपनि कोरोना महामारीले बिकराल रुप दिँदै गएका कारण पुजालाई आवश्यक नाता बाहेकका अन्यलाई सहभागी नगराउने गरि व्यवस्था मिलाइएको अध्यक्ष श्रेष्ठले बताए । इही पुजामा कन्याका बुवा, आमा तथा फुपु र मामाको अनिवार्य उपस्थिती हुनुपर्ने हुन्छ । नेवारी भाषा र संस्कृति जगेर्ना गर्ने रुपमा आफुहरु लागेको संयोजक सीता ध्वजुले बताए । महिला समितिका उपाध्यक्ष सरस्वती श्रेष्ठ, सल्लाहकार मन्जु श्रेष्ठले नेवार समुदायमा कन्याको पहिलो बिबाहका रुपमा इही (बेलबिबाह)मा बैबाहिक रितीलाई पूर्णता दिइने बताए ।

कमेन्ट गर्नुहोस्