
तिलोत्तमा सिटी,माघ ३ गते २०७८। रुपन्देहीको उत्कृस्ट नगरपालिकाको रुपमा रहेको तिलोत्तमा नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत प्रदिप पौडेललाई आज एक समारोहका बीच फेरी भेटौला कार्यक्रम गरि बिदाई गरिएको छ। बिगत १३ महिना अगाडी देखि निरन्तर प्रमुख प्रसासकियको रुपमा कार्यरत पौडेल तिलोत्तमा बाट सरुवा भै काभ्रेको पनौती नगरपालिका जान लाग्नुभएको हो। तिलोत्तमा नगरपालिकामा पौडेल रहदा, देशभरमा उत्कृस्ट नगरपालिका, बालमैत्री नगरपालिका, प्रबिधि मैत्री नगरपालिका, वडा बाटै नक्सा तथा योजनाको कार्यको शुरुवात, डिजिटल पे, अनलाईन राजस्व भुक्तानी लगायत विभिन्न खालका प्रसासकिय सुधार भएको छ।
आज सम्पन्न सो कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिकाका नगरप्रमुख बासुदेव घिमिरेले प्रमुख प्रसासकिय अधिकृतको रुपमा निभाउनुभएको भूमिकाको कदर गर्दै पौडेलको कार्य कुशलताको मुक्तकण्ठाले प्रशंशा समेत गर्नुभयो। उहाले नगरपालिकालाई अगाडी बढाउने क्रममा जनप्रतिनिधिको भिजन अनुसार सहज रुपले सेवाग्राहीको सहजता र पहुँचलाइ छिटो छरितो र उच्च कदमका साथ् सेवा गर्ने कार्यलाई थप अगाडी बढाएकोमा धन्यबाद समेत दिनुभयो। सो अवसरमा बोल्दै नगरपालिकाका उप प्रमुख जागेश्वरदेवी चौधरीले प्रसासकिय सेवामा रही सेवा ग्राही र जनप्रतिनिधि अनि कर्मचारीको समेत मनोबल बढ्ने गरि कार्य गरेको प्रति धन्यबाद ज्ञापन गर्नुभयो। आगामी भविष्यको उच्च सफलताको कामना गर्दै नगर उपप्रमुखले प्रसासकिय प्रमुख पौडेलको उत्तरोत्तर प्रगतिको समेत कामना गर्नुभयो।
नगरपालिकाका अधिकृत माधव पोख्रेलको संचालनमा भएको सो कार्यक्रममा स्वागत मन्तब्य तथा शुभकामना राख्दै नगर प्रबक्ता सुरेन्द्र श्री, कर्मचारीको तर्फबाट बोल्दै लेखा प्रमुख रमेश बश्याल, सचिव मान बहादुर खाती, वडा अध्यक्ष दान बहादुर चौधरी लगायतले बोल्दै तिलोत्तमा नगरपालिकामा रहेर प्रमुख प्रसासकिय अधिकृत पौडेलले निभाउनु भएको चुस्त दुरुस्त कार्यको अन्य कर्मचारीले समेत सिको गर्नुपर्ने उल्लेख गर्नुभयो।
फेरी भेटौला कार्यक्रमको सन्दर्भमा बोल्दै नगरका प्रमुख प्रसासकिय अधिकृत प्रदिप पौडेलले आफु रहदा सम्म सहयोग गर्ने सबै कर्मचारी, जनप्रतिनिधि, सेवा ग्राही, टोल बिकाश सस्था लगायत सबै नगर बासीहरुमा धन्यबाद समेत ब्यक्त गर्नुभएको छ। उहाले कर्मचारीको दौरानमा यो एउटा संयोग मात्र भएकोले तिलोत्तमा नगरपालिकालाई सधै स्मरणमा राख्ने र छिट्टै फर्किने योजना भएको कुरा समेत व्यक्त गर्नुभयो। उहाले यस क्षेत्रका सेवाग्राहीहरुको सेवा सहजता र पहुँचका लागी आफु डटेर काम गरेको र त्यसमा सहयोग गर्नेसबैलाई धन्यबाद समेत ब्यक्त गर्नुभएको छ। प्रमुख प्रसासकिय अधिकृत पौडेल तिलोत्तमा नगरपालिका बाट काभ्रेको पनौती नगरपालिका जान लाग्नुभएको हो।
कमेन्ट गर्नुहोस्