लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

बुटवल-बेलहिया सडकमा चल्ने गाडीमा डष्टबिन अनिवार्य गर्न निर्देशन

IMG

तिलोत्तमा सिटी,३०पौष २०७८। पश्चिम नेपाल बस व्यवसायी प्रा.लि.ले मातहतका सम्पूर्ण व्यवसायी, चालक, परिचालक, हेल्पर तथा शाखा इञ्चार्जहरुलाई गाडीभित्र अनिवार्य रुपमा डष्टबिनको व्यवस्था गर्न/गराउन निर्देशन दिएको छ । तिलोत्तमा नगरपालिकाको पत्र अनुसार प्रा.लि. ले गाडीमा निस्कने फोहोरमैला डष्टबिनमा राखी फोहोरमैला फाल्ने ठाउँमा मात्र फाल्न निर्देश गरेको हो ।


प्रा.लि. ले यात्रुहरुलाई पानीका खाली बोत्तल, कागज, प्लाष्टिक वा अन्य फोहोरहरु बाटोमा फाल्न नदिन पनि सम्पूर्ण व्यवसायी व्यवसायी, चालक, परिचालक, हेल्परलाई निर्देशन दिएको छ । निर्देशनको बोधार्थ तिलोत्तमा नगर प्रमुख, उप–प्रमुख, वातावरण शाखा तथा नगरस्तरीय टोल विकास संस्थालाई पठाइएको छ । जथाभावी फोहोरमैला फालेको पाइएमा सम्बन्धित निकाय, प्रशासनद्धारा फोहोरमैला व्यवस्थापन ऐन तथा कार्यविधिअनुसार कारवाही एवं दण्ड जरिवाना हुने प्रा.लि. जारी निर्देशन पत्रमा स्पष्ट पारिएको छ ।


तिलोत्तमा नगरपालिकाले प्रा.लि. मातहत सञ्चालित बसहरुमा डष्टबिनमा अनिवार्य व्यवस्था गर्ने व्यवस्था मिलाउन पुस २० गते पत्राचार गरेको थियो । पूर्णसरसफाई उन्मुख नगरपालिका घोषित तिलोत्तमामा गाडीबाट फालिने फोहोरको कारण सडकमा प्रदुषण बढेको पाइएपछि पश्चिम नेपाल बस व्यवसायीलगायतका यातायात संघ–संस्थालाई आवश्यक सहयोगको लागि आग्रह गरिएको थियो । तिलोत्तमामा हरेक महिनाको १ र १५ गते नियमित सरसफाई हुँदै आएको छ भने टोल विकास संस्थाहरुले आ–आफ्नो अनुकुलतामा शनिबार वा सार्वजनिक बिदाको दिन नियमित सरसफाई गर्दै आएका छन् ।


कमेन्ट गर्नुहोस्