लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

खस्यौलीद्वारा न्यानो माया कार्यक्रम

IMG

तिलोत्तमा सिटी,३०पौष २०७८। तराईमा चिसो बढेसंगै दैनिक जिवनयापनमा कठिनाई भएकाहरुलाई लक्षित गरि न्यानो कपडा वितरण गरिएको छ । लायन्सका संस्थापक मेल्भिन जोनको १ सय ४३ औ जन्मदिनको अवसर पारेर लायन्स क्लब अफ बुटवल खस्यौलीले न्यानो माया कार्यक्रममार्फत ५० थान सिरक वितरण गरिएको हो। 

दाङ जिल्लाको निलसागर सेवा आश्रम सिसनिय र मानव कल्याण समाज, घोराहीमा बसोबास गर्ने वृद्धवृद्धाहरुलाई न्यानो कपडा सिरक वितरण गरिएको हो । निलसागर सेवा आश्रम सिसनियमा २८ पिस र मानव कल्याण समाज, घोराहीलाई २२ पिस गरि ५० पिस सिरक बाडिएको क्लबमा अध्यक्ष विष्णु चापागाईले बताए । आशाको किरण संस्थाका अध्यक्ष सुर्य किरण केसीको सहयोगमा क्लबबाट स्थानियलाई जाडोमा न्यानो कपडा वितरण गरिएको बताए । 



कमेन्ट गर्नुहोस्