लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

बुद्धका आँखा

tillotmacitynews - 2022 Jan 09 03:27 PM
IMG

२०७८,पुष २५,तिलोत्तमा सिटी। 

बुद्धका आँखाहरूले

यो संसारलाई हेर्नु हो भने

कस्तो देखिने थियो होला?

सधै क्षय हुँदैं गैरहने

छाला, रगत र

अस्थि-पञ्जरको गठजोड

अनित्य शरीरको

बोध भएर

परमार्थको खोजिमा

भिक्षु जीवन पो

अपनाउने थिएँ कि!

बुद्धत्वलाई आफैंभित्र

एकपटक उमार्न सके

म बताउने थिएँ

आफ्नै कृत्यले बेहाल

यो दुनियालाई

कुनै नयाँ सोच

कुनै नयाँ मार्ग!

सम्पन्नताको स्पर्धामा

आफैंलाई गुमाएर

खोक्रिएका मान्छेहरूको

जमातलाई

म बताउने थिएँ

बुद्धत्वको अष्टांग मार्ग

फेरि याद दिलाउने थिएँ

चार आर्य सत्य!

कमेन्ट गर्नुहोस्