लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

महाकालीमा अर्को पुल बनाउने दुई देशका मन्त्रिपरिषद्को निर्णयको अर्थ के

IMG

 २०७८ पुष २३, तिलोत्तमा सिट।   नेपाल र भारतका मन्त्रिपरिषद् बैठकले महाकाली नदीमा दुई देश जोड्ने सवारीसाधन चलाउन मिल्ने अर्को पुल बनाउने समझदारी पत्रमा हस्ताक्षर गर्न अनुमति दिने निर्णय गरेका छन्।नेपालको मन्त्रिपरिषद् बैठकले बुधवार र भारतको मन्त्रिपरिषद् बैठकले बिहीवार नेपालको दार्चुला र भारतको धार्चुला जोड्ने पुल बनाउने समझदारी पत्रलाई अघि बढाउने अनुमति दिएका दुवै देशका अधिकारीहरूले काठमाण्डू र नयाँ दिल्लीमा जानकारी दिएका हुन्।यो निर्णयलाई भारतका लागि एक जना पूर्व नेपाली राजदूतले "सुखद र सकारात्मक" भनेका छन्।भारतीय अधिकारीहरूले चाहिँ उक्त निर्णयले "दुई देशबीचको सम्बन्ध अझ बलियो बन्ने" बताएका छन्।

कमेन्ट गर्नुहोस्