लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

गोरेका भाइ रमेश अदालतमा हाजिर

IMG

२०७८ पुष २१, तिलोत्तमा सिटी। साढे ३३ किलो सुन तस्करी र मोरङका सनम शाक्य हत्याका मुख्य योजनाकार चुडामणि उप्रेती ‘गोरे’ का भाइ रमेश उप्रेतीलाई आइतबार अदालत हाजिर गराइएको छ ।मंगलबार काठमाडौंको त्रिभुवन विमानस्थलबाट पक्राउ परेका रमेशलाई प्रहरीले बुधबार जिल्ला अदालत मोरङमा उपस्थित गराएको हो ।साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्याका आरोपी उनी युएईमा बस्दै आएका थिए । अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) ले पनि उप्रेतीविरुद्ध नेट नोटिस जारी गरेको थियो । तर प्रहरीले उनलाई काठमाडौं ल्याउन सकेको थिएन ।मंगलबार भने उनी आफैं काठमाडौं आएका बेला प्रहरीले पक्राउ गरेको थियो ।

कमेन्ट गर्नुहोस्