
२०७८ पुष १९ , तिलोत्तमा सिटी। काठमाडौंको तिनकुनेस्थित बिजुलीको पोलमा आगलागी भएको छ । पोलमा बेरिएका तारको गुजुल्टोबाट आगो सल्किएको हो ।दमकल प्रयोग गरी आगो निभाइएको छ ।बिजुलीका पोलमा अव्यवस्थित तरिकाले राखिएका तारमा सट भएर आगलागीका घटना हुने गरेका छन् । तर तार व्यवस्थित बनाउने विषयमा सरोकारवालाको ध्यान नजाँदा जोखिम बढेको छ ।
कमेन्ट गर्नुहोस्