
तिलोत्तमा सिटी,१९ पौष २०७८। अघिल्लो हप्ता मात्रै संचार माध्यममा एउटा चर्चा चल्यो र्यापर बालेन शाह मेयर बन्दै भन्ने। त्यसमाथि काठमान्डौको मेयर बन्ने सपना सजाएका र्यापर बालेन शाह अहिले निकै चर्चामा छन्। पेशाले एक प्रतिष्ठित इन्जिनियर समेत रहेका उनि अहिले देश बिकाश गर्ने सोच भएका र मुहार फेरिरहेका प्रभुत्व व्यक्ति हरुलाई समेत भेट्दै उनीहरुको भित्रि ज्ञान र क्षमताको तारिफ संगै केहि सिक्दै हिडेका छन्। सोहि क्रममा एक रेस्टुरेण्टको न्यु ईयर शोमा बुटवल आएका बालेनले नेपालमै उत्कृस्ट नगरपालिकाको रुपमा चिनिएको तिलोत्तमा नगरपालिकाको समग्र जानकारी लिएका छन्। सोहि क्रममा निकै बेर तिलोत्तमा नगरपालिकाका मेयर बासुदेव घिमिरेसंग समस्टिगत रुपमा आफ्ना अनुभव साट्दै नगरपालिका र यसका बिकाशका योजना र अभियानहरुका बारेमा जानकारी आदानप्रदान समेत गरेका छन।उनले तिलोत्तामाका विभिन्न अभियान मध्ये सरसफाई अभियान, शुन्य पोलिथिन, पुर्ण बालमैत्री सुशासन, डिजिटल वार्ड कार्यालय तथा नगर, सफा सुन्दर बाटो सडक र पार्क हरुको खुलेर प्रशंशा गरेका छन्।
भर्खर स्थापना भएको नगरपालिकाको मुहार एकैचोटि राजनीतिमा आएका व्यक्तिले कसरि एकाएक रातारात मुहार फेरे भन्ने कुरा हेर्न आफु तिलोत्तमा आएको बालेनको भनाई छ। आफु पेशा इन्जिनियर भएपनि गीत संगीतको माध्यमबाट समेत बिकाश का चर्चा गर्ने गरेको बताउदै उनले कुनैपनि हालतमा देश बिग्रन नदिने र बनाउने हरुको जिम्मामा देशको बिकाशलाइ समेट्नुपर्ने सुझाव छ। चर्चित र्यापर्को रुपमा आफ्नो पहिचान बनाउन सफल बालेनले काठमान्डौ मै केहि गर्नु छ र केहि गरेर देखौनाकै लागी सोहि ठाउमा आगामी चुनाबमा मेयरमा उठ्ने उद्घोष समेत गरेका छन्। उनकी म्यानेजर सबिना काफ्ले शाहले काठमाडौंको मेयरका लागि उम्मेदवारी दिने तयारी गरिरहेको पुष्टि गरिन्।'हो उहाँले उम्मेदवारी दिँदै हुनुहुन्छ। त्यसको लागि हामी अभियानमा लाग्छौं। हाम्रो तयारी भइरहेको छ,' उनले भनिन्। शाहले आफ्नो फेसबुकमा लेखेका छन्,'अब युवाको पालो, हामीले पढेको लेखेको कहिले काम लाग्छ? हाम्रो काठमाडौं, हामी आफैं बनाउँछौं।' उनले ह्यासह्याग गर्दै बालेन फर मेयर र अब युवाको पालो भनेर पनि लेखेका छन्। नेपालमा आउँदो बैशाखमा स्थानीय तहको चुनाव हुन लागेको छ। बालेन शाह इन्जिनियर पनि हुन्।
कमेन्ट गर्नुहोस्