लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमा- ४ को सुविधासम्पन्न वार्डभवन उद्घाटन

IMG

तिलोत्तमा सिटी,१९ पौष २०७८। रूपन्देहीको तिलोत्तमा नगरपालिकास्थित डिङ्गरनगरमा वडा नम्बर ४ को नवनिर्मित भवन सोमबार उद्घाटन गरिएको छ । तिलोत्तमा नगरपालिकाका नगर प्रमुख बासुदेव घिमिरे र नगर उपप्रमुख जागेश्वरी देवी चौधरीले संयुक्त रुपमा सो भवनको उद्घाटन गर्नुभएको छ।अपांगता तथा बालमैत्री संरचनामा बनाइएको आधुनिक भवनमा ६ वटा कोठा छन् । यो भवन संगै नगरपालिकाले सबै वडा कार्यालय निर्माण गरी आफ्नै भवनमा सेवा सुचारु गर्न सफल भएको छ । हालसम्म डेरामा बस्दै आएको बताउदै वडा अध्यक्ष दिवाकर ढकालले वडाको आफ्नै भवन निर्माणपछि वडा नम्बर ४ का स्थानीय र नगरबासीले लाभ लिन सक्ने विश्वास व्यक्त गर्नुभयो। तिलोत्तमाको वडा नम्बर ४ का वडाध्यक्ष ढकालले भवन निर्माण चरणदेखि सम्पन्न हुँदासम्म सघाउने सबैलाई धन्यवाद दिनुभयो। 




कार्यक्रममा बोल्दै नगरप्रमुख वासुदेव घिमिरेले तिलोत्तमा नगरपालिका वडागत रुपमा दरिलो भैसकेको र सेवा ग्राहीहरुलाई छिटो छरितो सेवा प्रबाहका लागि  तत्पर रहन आग्रह गर्नुभयो। उहाले भौतिक रुपमा सुबिधा सम्पन्न हुदै नगरपालिकाले सेवा प्रवाहलाई समेत चुस्त बनाउदै लगेको सबै नगर बासिहरुमा अबगत समेत गराउनुभयो।  सोहि कार्यक्रममा बोल्दै नगर उपप्रमुख जागेश्वरदेवी चौधरीले सहज छिटो छरितो र प्रभाबकारी सेवाका लागी नगरपालिका संगै वडा कार्यालयहरु समेत लागिपरेको बताउदै सेवामा कुनैपनि कन्जुस्याई नगर्न जनप्रतिनिधि तथा कर्मचारीहरुमा आग्रह गर्नुभयो। सो कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप पौडेल, नगर प्रबक्ता सुरेन्द्र श्री , विभिन्न वडाका वडा अध्यक्षहरु , वडा सदस्यहरु , कर्मचारी, जनप्रतिनिधि, राजनीतिक दल तथा युवा क्लब, आमा समूह, टोल बिकाश सस्थाका पदाधिकारी तथा प्रतिनिधि र स्थानिय वडा बासीहरुको उल्लेख्य सहभागिता रहेको थियो । सो उद्घाटन समारोहमा विभिन्न झाँकी सहित पन्चेबाजा र र्याली समेत निकालिएको थियो।साथै सो कार्यक्रममा कर्मठ बालिका परियोजना अन्तर्गत तिलोत्तमा-४ र फेडो रुपन्देहीको सहकार्यमा जनज्योति महिला समुहका महिलाहरुलाई सिलाइ मेसिन समेत वितरण गरिएको थियो |



कमेन्ट गर्नुहोस्