लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तामाका सरसफाईकर्मीहरुलाई पेशागत सुरक्षा सामाग्री बितरण

IMG

तिलोत्तमा सिटी,१९ पौष २०७८। रुपन्देहीको तिलोत्तमा नगरपालिका नियमित सरसफाई तथा हरियाली प्रबर्धन गर्ने कार्यमा अग्रणी देखिएको छ।  यहाका बाटा घाटा सफा र चिटिक्क छ।  सोहि कार्यका लागी तिलोत्तमा नगरपालिका, जनसहभागिता वास स्वास्थ्य सहकारी संस्था लिमिटेड र युएनडीपिको सहकार्यमा सञ्चालित हरित पुनःउत्थान प्रवद्र्धन परियोजनामार्फत् तिलोत्तमा नगरका ४० जना सरसफाईकर्मीहरुलाई पेशागत सुरक्षा सामाग्री तथा वडास्तरीय टोल विकास संस्था सञ्जाललाई सरसफाई कार्यसँग सम्बन्धित उपकरण हस्तान्तरण गरिएको छ । वास सहकारीका अध्यक्ष खेमप्रसाद गौतमको अध्यक्षतामा भएको उपकरण हस्तान्तरण कार्यक्रममा नगर प्रमुख बासुदेव घिमिरे, युएनडीपिका लुम्बिनी तथा गण्डकी प्रदेश प्रमुख सुदीप अर्याल, वडाध्यक्षहरु, वास सहकारीका पदाधिकारी, सदस्य, सल्लाहकार, नगरस्तरीय टोल विकास संस्था सञ्जालका पदाधिकारी तथा सदस्यलगायतको सहभागिता रहेको थियो ।





सो कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिकाका नगरप्रमुख बासुदेव घिमिरेले सरसफाई मानिसको अत्यावश्यक कर्तब्य र दायित्व भएकाले नगरलाइ हर बखत सफा र सुन्दर बनाउन सबै मिलेर अघि बढ्नु पर्ने बताउनुभयो।  फोहोरको उचित ब्यबस्थापन गर्न यसको जिम्मेवारीपूर्ण ब्यबस्थापन गर्न जरुरि भएको भन्दै नगरप्रमुख घिमिरेले नगरभित्रका टोल बिकाश आमा समूह , बिद्यालय, क्लब , विभिन्न संघ संगठन तथा संघ सस्थाहरुले गरेको सहयोगको खुलेर तारिफ गर्नुभयो। साथै नियमित रुपमा हुदै आएको सरसफाई कार्यक्रममा सहभागी हुन र नगर घर टोल सरसफाई गराइराख्न सबै एकजुट हुनुपर्ने समेत नगरप्रमुख घिमिरेले  बताउनुभयो। 


कमेन्ट गर्नुहोस्