लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

चरेससहित धनगढी विमानस्थलबाट एक युुवक पक्राउ

IMG

२०७८ पुष १९ , तिलोत्तमा सिटी। धनगढी विमानस्थलबाट प्रहरीले लागुऔषध चरेससहित एक युवकलाई पक्राउ गरेको छ । बैतडीको डिलासैनी गाउँपालिका-२ का २० वर्षीय सन्तोष बोहरा प्रकाउ परेका हुन् ।धनगढीबाट काठमाडौं जाँदै गर्दा चेकजाँचका क्रममा उनलाई १६ ग्राम चरेससहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए ।प्रारम्भिक अनुसन्धानका क्रममा बोहराले आफूले लागुऔषध सेवन गर्ने गरेको बयान दिएका छन् ।

कमेन्ट गर्नुहोस्