लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

विपन्न विद्यार्थीलाई न्यानो कपडा (स्वेटर) बितरण

IMG

रोटरी क्लब अफ बुटवल डाउनटाउनले विपन्न विद्यार्थीहरुलाई न्यानो कपडा (स्वीटर) वितरण गरेको छ । शनिबार एक कार्यक्रमका बिच बुटवल उपमहानगरपालिका वडा नं.१७ स्थित श्री जनशक्ति नमुना भिमप्रसाद गोमाता न्यौपाने प्राविमा अध्ययनरत अति बिपन्न परिवारका २ सय ६१ जना विद्यार्थीहरुलाई वितरण गरिएको हो । 




रोटरी ईन्टरनेश्नल ३२९२ का डिष्टिक गर्भनर नोमिनी राजेन्द्र ध्वजु, जोन २३ का एसिस्टेन्ट गर्भनर डा. नारायण पन्थ, क्लब अध्यक्ष जबिन कक्षपतिले विद्यालयका प्रधानाध्यापक कल्पना भण्डारीलाई हस्तान्तरण गरेका थिए ।जाडो बढेसंगै न्यानो कपडाको कमिले गर्दा बिद्यालयमा विद्यार्थीहरु कमी भएको जानकारी आएसंगै क्लबका पुर्बअध्यक्ष मान बहादुर बिकको पहल र क्लबका सदस्यहरुसंग ९० हजार रुपैया बराबर सहयोग रकम जुटाएर स्वीटर वितरण गरिएको क्लबका अध्यक्ष जबिन कक्षपतिले बताए । 


कार्यक्रममा क्लबका पुर्बअध्यक्ष मान बहादुर बिक, पुर्बअध्यक्ष जीवन प्रसाद अधिकारी, बोर्ड सदस्य दिनेस अग्रवाल, रोट्रयाक्ट क्लब अफ बुटवल रामापिथेकसका अध्यक्ष बिजय कार्कीले सामाजिक सेवाको भावना अनुसार निरन्तर सहयोगमा लागेको बताए । 


कमेन्ट गर्नुहोस्