लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

आजकल 'म'

tillotmacitynews - 2022 Jan 02 01:28 PM
IMG

२०७८ पुष १८, तिलोत्तमा सिटी।  

 मेरो मन शुन्यतामा हरायो

त्यसैले मसंग कुनै सोच छैन

मेरो शब्द आवाज विहिन भयो

त्यसैले मसंग कुनै गुनासो छैन

मेरो सपनाहरु नदेखी बिलिन भए

त्यसैले मसंग कुनै महत्वाकांक्षा छैन

मेरो गन्तब्य बीच बाटैमा टुट्यो

त्यसैले मसंग कुनै बाटो छैन।


सोचहरु आए र गए

मलाई एक्लै बनाए

आवाजहरु गुन्जिए र हराए

मलाई एक्लै बनाए

सपनाहरु देखिए र बिर्सेए

मलाई एक्लै बनाए

गन्तव्यहरु तोकिए र बिलाए

मलाई एक्लै बनाए ।


त्यसैले आजकल

मसंग केवल 'म' छु

नितान्त 'म' भित्रको 'म'

मेरो जीवन भित्रको 'म'

मेरो सोच भित्रको 'म'

मेरो आफ्नै 'म'

अरु भन्दा नितान्त बेग्लै 'म'।

कमेन्ट गर्नुहोस्