लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमामा नगरस्तरीय सरसफाई ८१ औं श्रृंखलामा

IMG

२०७८ पुष १६, तिलोत्तमा सिटी। रुपन्देहीको तिलोत्तमा नगरपालिकामा सञ्चालित समुदायमा आधारित सरसफाई अभियान ८१ औं  श्रृंखलामा पुगेको छ । ८१ औं श्रृंखला अन्तर्गत् बिहीबार वडा नम्बर ४ को डिङ्गरनगर जनज्योति मावि सडकमा नगरस्तरीय सरसफाई गरिएको छ । सरसफाई अभियानले निरन्तरता पाएसँगै समुदाय स्तरमा हुने सरसफाईमा नगरबासीहरु तिब्र रुपमा सक्रिय हुन थालेका छन् । जनप्रतिनिधि, कर्मचारी, विभिन्न टोल विकास संस्था, क्लव, आमा समूहलगायतको सहभागितामा अभियान अन्तर्गतको सरसफाई गरिएको हो । यस्तै नगरमा रहेका विभिन्न टोल विकास संस्थाहरुले समेत बिहीबार आ–आफ्नो क्षेत्रमा सरसफाई गरेका छन् ।


तिलोत्तमाले पूर्णसरसफाई उन्मुख नगरपालिका घोषणालाई प्रभावकारी बनाउन सरसफाई अभियानलाई प्राथमिकतामा राख्दै आएको छ । नगरपालिकाले हरेक महिनाको १ र १५ गते नगर स्तरीय सरसफाई अभियान सञ्चालन गर्दै आएको छ भने टोल विकास संस्थाहरुले तोकिएका दिनका अतिरिक्त शनिबार वा सार्वजनिक विदाको दिनमा समेत सरसफाई कार्यक्रम गर्दै आएका छन् ।


वडा नम्बर ४ को सरसफाई अभियानलाई बिहिबार सम्बोधन गर्दै कार्यपालिका सदस्य तथा वडा नम्बर ४ का अध्यक्ष दिवाकर ढकालले तिलोत्तमाले अन्य बिकाशका पूर्वाधार जस्तै सरसफाइको क्षेत्रलाई पनि उत्तिकैं महत्व दिएको बताउँदै वडा संगै नगरलाई सफा, स्वच्छ, हराभरा बनाउने दायित्व सबै नगरबासीको भएको बताउनुभयो । उहाले सबैको सामूहिक प्रयासले गाउ टोल छिमेक र वार्ड हुदै नगरपालिकालाई स्वच्छ, सफा र हराभरा बनाउन सकिने बताउँदै जथाभावी फोहोर नफाली सड्ने तथा नसड्ने फोहोरको बर्गिकरण गरि उचित ब्यबस्थापन गर्नुपर्ने बताउनुभयो। जथाभाविओ फोहोर गर्ने र जहातही फाल्नेलाई कारवाही हुने स्पष्ट पार्दै वडा अध्यक्ष ढकालले सरसफाई सबैको दायित्व भएको बताउनुभयो। सो अवसरमा बाताबरण शाखा प्रमुख गोरखंनाथ खनाल, वडा सचिव काशिराम ज्ञवाली वडा सदस्यहरु , कर्मचारी तथा टोल बिकाश र स्थानियहरुको बाहुल्य उपस्थिति रहेको थियो।


कमेन्ट गर्नुहोस्