
तिलोत्तमा सिटी,१४ पौष २०७८। रुपन्देहीको तिलोत्तमा नगरपालिका ५१ वटा सूचक पुरागरेर सो सूचक पुरागरी देशमै पहिलो बाल मैत्री नगर बनेको छ। सोहि अनुरुप बालबालिकाको धेरैजसो समय व्यथित हुने र सिकाइको माध्यममा बढीजसो चासो हुने बिद्यालयमा बालबालिकाको अवस्थाबारे थाहा हुन्छ सोहि अनुरुप विद्यालयको अनुगमन अघि बढेको नगर प्रमुख बासुदेव घिमिरेले बताउनुभयो। बालमैत्री नगर घोषणा पछि सामुदायिक तथा संस्थागत विद्यालयको समग्र अवस्थाका बिषयमा नगरप्रमुख बासुदेब घिमिरेको नेतृत्वमा अनुगमन टोलि बिद्यालय बिद्यालयमा पुगेको छ। तिलोत्तमा नगरपालिकाका ४४ सामुदायिक बिद्यालय र सस्थागत ४२ वटा बिद्यालयमा नियमित अनुगमन जाने नगरपालिकाले जनाएको छ। तिलोत्तमाका १७ वटै वडामा रहेका विद्यालयको नियमित अनुगमन गर्ने नगर प्रमुख घिमिरेले बताउनुभयो। विद्यालयको भौतिक अवस्था, बातबरणिय अवस्था, विद्यार्थीको समग्र अवस्था, शिक्षक अभिभावक तथा बिद्यालय ब्यबस्थापन समितिका पदाधिकारीहरुसं सो अनुगमनलाई तिब्र पारिएको हो।
बिद्यालयमा दिवा खाजाको अवस्था, सरसफाई, फोहोर ब्यबस्थापन, कार्यालय समय, पढाइको गुणस्तर, सिकाइका प्रक्रिया , बालमैत्री बाताबरण हरुको समग्र स्थितिको पहिलो चरणको अनुगमन गरिएको नगर प्रमुख घिमिरेले बताउनुभयो। बिद्यालयको गुणस्तर र प्रभावकारी तथा ब्यबहारिक सिकाइका लागी विद्यालयका प्रधानाध्यापक, शिक्षक, अभिभाबक तथा बिद्यार्थी स्वयमले समेत ध्यान दिनुपर्ने बताउदै उहाले ३ बर्ष भित्र तिलोत्तमका हरेक बिद्यालयको गुणस्तर अझ माथि उक्लिने आशा व्यक्त गर्नुभएको छ। उहाले सबै विद्यालयका शिक्षकहरुलाई आफ्नो बिध्यलाका बालबालिकाको सिकाई कार्यमा कुनै पनि कमि नगर्न र केहि समस्या भएमा नगरपालिका र शिक्षा शाखासंग समन्वय गर्न आग्रह समेत गर्नुभयो।
कमेन्ट गर्नुहोस्