लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

भारतबाट १ सय ३ नेपालीको उद्धार

IMG

तिलोत्तमा सिटी,१२ पौष २०७८। सन् २०२१ मा भारतबाट १ सय ३ जना महिला तथा बालबालिकलाई उद्धार गरिएको छ । त्यसमध्ये ६४ जनालाई नेपाल पठाइएको छ ।मानव बेचबिखनविरुद्ध काम गर्दै आएको ‘किन इन्डिया’ ले आफ्नो वार्षिक प्रतिवेदनमा यसबारे जानकारी दिएको हो । काठमाडौंमा रहेको ‘किन नेपाल’ को नयाँदिल्लीस्थित शाखा ‘किन इन्डिया’ प्रमुख नवीन जोशीका अनुसार उद्धार गरिएकामध्ये ६३ जना महिला तथा किशोरी र ४० जना बालबालिका हुन् ।तीमध्ये विभिन्न १२ वटा घटनामा पीडकविरुद्ध मुद्दासमेत दायर गरिएको जोशीले जनाए । सन् २०१८ यता दिल्लीमा सक्रिय संस्थाले उक्त अवधिमा ३ सय ३६ जनाको उद्धार गरिसकेको जनाएको छ ।

कमेन्ट गर्नुहोस्