
२०७८ पुस ८, तिलोत्तमा सिटी।
आमा!छोराले के के गर्छ,हाँस्छ आँसु लुकाउन सक्छ।
मेरो देखावटी मुस्कानले हजुरलाई खुसी बनाउन सक्छ।
मोठ,मन्दिर,धाम देख्छु देउता उतै बस्छन् जस्तो लाग्छ
आमालाई हेर्छु,सोच्छु मेरो घर पनि देउता बसाउन सक्छ।
भोक,तिर्खा मेटाउने भएर नै माटोलाई आमा भन्छन्
यता आमाको छातीले बच्चाको भोक मेटाउन सक्छ।
यो कारण पनि नियम यस्तो बन्यो,आमा नै पहिले जाने
बच्चा पहिले गए,आमालाई उनिहरुकै यादले सताउन सक्छ।
बाआमा यो कारण पनि महान हुन्,ईश्वर सरह हुन्
प्रेमपुर्वक बच्चा हुर्काउछन् ताकि एकदिन जलाउन सक्छ।
प्रेमिकाका वेदनाले छुन नसकेको पत्थर छ छाती भित्र
आमा तिम्रो एक थोपा आसुले त्यो पत्थर गलाउन सक्छ।
कमेन्ट गर्नुहोस्