लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

भेटियो लिच्छविकालीन शिलालेख पाटन दरबार क्षेत्रमा

IMG

 २०७८ पुस ७, तिलोत्तमा सिटी।  ललितपुरको पाटन दरबार क्षेत्रमा लिच्छविकालीन अभिलेख भेटिएको छ । परिसरभित्र ढल खन्ने क्रममा भीमसेन मन्दिर अगाडि सुवर्ण झ्यालमुनि ६ फिट अग्लो लिच्छविकालीन अभिलेख भेटिएको लिपिविज्ञ श्यामसुन्दर राजवंशीले जानकारी दिए । उनका अनुसार अभिलेख पुरातत्वविद् प्रकाश दर्नालको टोलीले भेट्टाएको हो । जुन अभिलेख गोकर्ण बालुवा गाउँमा अभिलेख राखिएकै वर्षमा राखिएको हो ।राजवंशीका अनुसार गत २०७८ भदौ २९ गते ढल खन्ने क्रममै पूर्वमध्यकालको शिलालेख भेटिएको थियो । गत पुस ५ गते जमिनको गर्भभित्र उक्त अभिलेख भेटिएको उनले बताए ।सिमेन्ट लागेर सहजै पढ्न नसकिएको अभिलेख लिच्छवि लिपि र प्रौढ संस्कृत भाषामा उल्लेख छ । कुल १५ पंक्ति रहेको अभिलेखको दायाँबायाँ श्रावक मृग र बीचमा धर्मचक्र कुँदिएको छ । अभिलेख ८५ सेन्टिमिटर लम्बाइ र ५२ सेन्टिमिटर चौडाइको छ ।अभिलेखमा महासामन्त अंशुवर्माको नाम उल्लेख रहेको राजवंशी बताउँछन् । यसमा योग्रङ्ग्राम र अन्तिम पंक्तिमा संवत् ५३६ ज्येष्ठ मासे शुक्ल पक्षे भन्ने वाक्यांक प्रष्टसँग लेखिएको छ । यो अभिलेखले राजा वृषदेवले त्यहाँ विहार बनाएको भन्ने स्पष्ट लेखेको छ ।

कमेन्ट गर्नुहोस्