लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमा नगरमा मतदाता नामावलीमा नाम दर्ता गर्नेको घुईंचो

IMG

तिलोत्तमा सिटी,४ पौष २०७८। बसाईं सराई गरेर आउने बढ्दो तथ्यांक भएको रुपन्देहीको तिलोत्तमा नगरपालिकामा एकैदिनमा २ सय भन्दा बढीले आफ्नो नाम मतदाता नामावलीमा प्रविष्टि गरेका छन्।  ईलेक्ट्रोनिक प्रविधिमा आधारित सो नामावलीमा १८ वर्ष उमेर पुगेका नागरीकको फोटो सहित,  चोर र बुढी औलाको औठा छाप, आइरिस पनि ईलेक्ट्रोनिक लिने ब्यबस्था छ।  पौष ४ गतेदेखि १७ गतेसम्म सबै वार्डमा मतदाता नामावली संकलन गरिने गरि आईतबार नगरपालिका कार्यालयमा मतदाता नामावली संकलन भएको प्रशासन अधिकृत माधव प्रसाद पोख्रेलले बताउनुभयो।



पहिलो दिन नै नगरपालिका पुगेर झण्डै २ सय भन्दा बढीले  नया दर्ता र नाम अद्यावधिक गराएको स्थानिय निर्वाचन कार्यालयले जनाएको छ । स्थानीय तहको निर्वाचनका लागी मतदाता नामावली संकलन गर्दा छुटेका तथा परिचयपत्र नपाएकाहरुका लागी पुनः नामावली दर्ता सुरु गरिएको हो । रुपन्देही जिल्लाका सबै १६ वटै स्थानीय तहबाटै फोटो सहितको मतदाता नामावली संकलन समेत शुरु भएको छ । विदेशमा रहेका कारण यसअघि मतदाता नामावलीमा नाम समावेश नगराएका, उमेर पुगेका, विविध कारणले छुटेकाहरुले यसपटक आफ्नो नाम लेखाउन सक्ने जिल्ला निर्वाचन कार्यालय रुपन्देहीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्