लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

गजल

IMG

२०७८ पुस ४, तिलोत्तमा सिटी।  

माथि बस्दैमा कति खेल्छौ यार खेल पनि

नभुल तल बाटनै जान्छ देयोलाई तेल पनि। 


आफ्नो लाग्ने भोलि आफ्नो नलाग्न सक्छ 

तेही रुखको शितल भोलि हुन्छ ओझेल पनि। 


अलिअलि त बचेको  थियो  गाउॅ आगोबाट 

तेही बगाउने गरि आयो पानीको भेल पनि। 


प्रेमिकाको चिठीले कसरी भेटायो मेरो ठेगाना 

कसरी गराउ उसको बेहेमा आफुलाई सामेल पनि। 


नचाहेर पनि बस्नुपर्छ इच्छा नलागेको गर्नुपर्छ 

सोच्नु आफ्नै मन आफ्नो लागि रहेछ जेल पनि। 


कमेन्ट गर्नुहोस्