
तिलोत्तमा सिटी,२ पौष २०७८। तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले ३ बर्षभित्र तिलोत्तमाका सामुदायिक बिद्यालयहरु निजी बिद्यालयलाई उछिन्ने बताएका छन्।अवको ३ बर्ष भित्र तिलोत्तमा नगरभित्रका सामुदायिक बिद्यालयहरुले निजी बिद्यालयहरुलाई उछिन्ने छन् तिलोत्तमा माध्यमिक बिद्यालयद्धारा आयोजित सम्मान कार्यक्रममा घिमिरेले भने।आजभन्दा १० बर्ष अघि निजी बिद्यालयहरुको अवस्था जस्तो थियो अहिले तिलोत्तमाका सामुदायिक बिद्यालयहरु त्यही अवस्थामा छन अवको तिन बर्षमा बोर्डिङ स्कुललाई उछिन्ने गरी पठन पाठन भई रहेको छ घिमिरेले थपे।घिमिरेले केही बर्ष अघि सम्म सामुदायिक बिद्यालयका शिक्षकहरु बिद्यालयमा जाडो भएको बहानामा बिद्यालय बन्द गरेर मालपोत पुग्ने सम्मका घटना भएको भन्दै पछिल्लो समयमा समुदाय र शिक्षकहरुकै प्रयासमा त्यस्ता कार्य अन्त्य भई शिक्षाको गति अगाडी बढेको बताए।
घिमिरेले अभिभावकले आफ्ना साना साना नानिहरुको सुन्दर भविश्यको सपना देखेर बिद्यालयहरुलाई जिम्मा लगाउने गरेको बताउदै त्यसका लागि बिद्यालयहरुले दायित्व बिर्सन नहुने उल्लेख गरे।तिलोत्तमा क्याम्पसको रुपमा यस क्षेत्रमा पहिचान बनाएको तिलोत्तमा माध्यमिक बिद्यालयले यस बर्षको कक्षा १२ को परिक्षामा नेपालमै उत्कृष्ट अंक ल्याउने बिद्यार्थीहरुको सम्मानमा आयोजित कार्यक्रममा बिद्यार्थी बिक्रम तिवारी र कृसला लामा लाई सम्मान गरिएको थियो।कार्यक्रममा सुनवल नगर पालिकाका उप प्रमुख दधिराम अर्यालले रुपन्देहीले शिक्षा क्षेत्रमा गरेको प्रगतिले यस क्षेत्रका अभिभावकहरुको आर्थिक भार कम भएको बताए।बिद्यालयका प्राचार्य प्राध्यापक डा. आर सि आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राष्टिय परिक्ष बोर्ड लुम्विनी प्रदेश कार्यालय प्रमुख रमाकान्त तिवारी बिद्यार्थी बिक्रम तिवारी अभिभावक माया लामा लगायतले आ आफ्ना धारणा राखेका थिए।२०५३ सालमा रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं २ मा स्थापना भएको उक्त बिद्यालयले उत्कृष्ट नतिजाका साथ पहिचान दिन सफल हुदै आएको छ।
कमेन्ट गर्नुहोस्