लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

सामुहिक बलत्कारका आरोपी १० जनालाई १३ बर्ष कैद सजाय

IMG

तिलोत्तमा सिटी,२ पौष २०७८। जिल्ला अदालत नवलपरासीले दुई बर्ष अघिको एउटा सामूहिक बलात्कार घटनामा संलग्न १० जनालाई जनही १३ वर्ष कैद र १ लाख रुपैयाँ जरिवाना तोकेको छ।अदालतले जबरजस्ती करणीमा सम्लग्न भएका उनीहरुलाई ९ वर्ष र सामूहिक करणीको अभियोगमा थप ४ गरी जनही १३ वर्ष कैद फैसला सुनाइएको श्रेस्तेदार प्रेमप्रसाद पौडेलले बताए।जबरजस्ती करणीको कसूर ठहर भएमा ७ देखि १० वर्ष र सामूहिक ठहर भएमा थप ५ वर्षसम्म कैद सजाय हुने कानुनी व्यवस्था छ।यसका साथै फैसलाले पिडितलाई पिडकहरुबाट १० लाख रुपैया क्षतिपुर्ति समेत दिलाउने आदेश गरेको छ। घटनामा संलग्न १० मध्ये ९ जना घटनालगत्तै पक्राउ परेका थिए। भने १ जना अझै फरार छन्।


उक्त घटनामा सम्लग्न भएका सुस्ता गाउँपालिका–३ फेनरहवाका सुरेन्द्र यादव, मनमोहन राजभर, शिवप्रसाद भर, भीमलाल मुसहर, सन्दिपप्रसाद यादव, राजु भनिने भीम बहादुर मुसहर, नेत्रबहादुर चौधरी, पिन्टु राजभर सेखवाना गाउँका अमरनाथ भेडियार जिल्ला अदालत नवलपरासीकै आदेश बाट पुर्पक्षका लागि थुनामा छन् भने सागर चौधरी (फरार) छन्।श्रेष्तेदार पौडेलका अनुसार जिल्ला न्यायाधीश अशोककुमार बस्नेतको इजलासले सोमबार गरेको कैद सजायसँगै जनही १ लाख रुपैयाँ जरिवाना स्वरुप पीडितलाई क्षतिपूर्ति भराउने फैसला भएको हो।उनीहरुले जिल्लाको सुस्ता गाउँपालिका–३ बस्ने १८ वर्षीय एक युवतीलाई २०७६ भदौ २२ गते उनीहरुले सामूहिक बलात्कार गरेका थिए।पीडित युवती स्थानीय एक संस्थामा कार्यरत हुन्।संस्थाको काममा साथीसँग मोटरसाइकलमा जाँदै गरेकी युवतीलाई बाटो कुरेर बसेका उनीहरुले उखुबारीमा लगेर सामूहिक रुपमा जबरजस्ती करणी गरेको युवतीको बयानमा उल्लेख छ।मोटरसाइकलले घेरा हालेर युवती चढेको मोटरसाइकल उनीहरुले कब्जामा लिएर पालैपालो करणी गरेका थिए। पिडीत युवतीकै छिमेकी गाउका उनीहरुलाई प्रहरीले घटनाकै दिन पक्राउ गरेको थियो।

कमेन्ट गर्नुहोस्