लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

गजल

tillotmacitynews - 2021 Dec 16 12:47 PM
IMG

२०७८ पुस १ , तिलोत्तमा सिटी।  

प्रिय आफ्नो बनाउन सके भने,आभार दिनुहोस्।

कलम भए कलम दिनु, नभए तरवार दिनुहोस्।


तिमीलाई भेटेंदेखि, मुस्कुराउन पनि सिकेको छु

कस्तो लाग्छ ठिकै लाग्छ भने, बिचार दिनुहोस्।


सुन्दर रुपले केही हद मोहित, बनायो पनि होला

मलाई राम्रो बनाइयोस् महोदय, शृंगार दिनुहोस्।


चोखो प्रेमलाई बिक्रीमा राख्ने, दुस्साहस हुने छैन

मौका बारम्वार आउँदैन, मलाई बजार दिनुहोस्।


संगसंगै बाँच्ने भनी, सपना बोकेर हिँडेको मान्छे

जुनि काट्नुपर्छ अब मायाको, आकार दिनुहोस्।

कमेन्ट गर्नुहोस्