लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

दोस्रो पटकमा नेपाली कांग्रेसको केन्द्रीय महामन्त्री

IMG

२०७८ पुस १ , तिलोत्तमा सिटी।  

 गगन थापा नेपालका राजनीतिज्ञ तथा नेपाली कांग्रेसका नेता हुन् । प्रखर वक्ता रूपमा चिनिएका गगन थापा जनआन्दोलन–२ बाट राजनीतिक वृत्तमा चिनिएका हुन् ।थापाको जन्म २०३३ सालमा काठमाडौँको प्रसुति गृहमा भएको थियो । उनका पिता महेन्द्र कुमार थापा र माता रामेश्वरी थापा हुन् । उनका हजुरबुवा सोलुखुम्बु जिल्लाको खाल्पा गाउँका धनी मुखिया भीमराज थापा हुन् । उनको जन्म कश्यप गोत्री गोदार थापा कुलमा भएको थियो ।


गगन थापाको बाल्यकाल केही समय सिन्धुपाल्चोक जिल्लामा बित्यो । उनका पिता महेन्द्र नेपाल विद्युत प्राधिकरणमा इन्जिनियर थिए । गगनका एक दाजु र दुई भाइ पनि छन् । गगनले सिद्धार्थ वनस्थली हाइस्कूलमा पढे । त्यहाँ पढुञ्जेल उनको इच्छा डाक्टर–इन्जिनियर बन्ने नै थियो । परिवार र विद्यालयमा पनि त्यही सिकाइन्थ्यो । २०४६ सालको जनआन्दोलनमा गगन सक्रिय भए । त्यतिबेला उनी कक्षा ९ मा पढ्थे । तर, राजनीतिमा लाग्ने सोचाइ आएको थिएन ।


दोस्रो सविधान सभामा कृषि तथा जलस्रोत समितिको सभापतिको प्रभावशाली भूमिका निर्वाह गरेका थापा नेपाली काग्रेसका युवा नेता गगन थापा एक सभासद्को रूपमा सदा चर्चाको शिखरमा रहे । समाजशास्त्र तथा मानवशास्त्रमा स्नातकोत्तर अध्ययन गरेका थापाले २०५९ साल देखि २०६१ सालसम्म नेविसंघको महामन्त्री भएर काम गरेका थिए ।


नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि थापा राजाको सक्रिय शासनका बेला कांग्रेस पार्टी गणन्त्रको आवाज प्रखर रूपमा उठाउने युवाको रूपमा परिचित थिए । दर्जनौ पटक हिरासतमा परेका थापालाई चलचित्र हेर्ने, अध्ययन र घुमफिर गर्ने रुचि छ ।संविधान सभामा नेपाली कांग्रेस नामक पुस्तकका लेखक थापाले नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह के.सी.की छोरी डा.अञ्जना के.सी सँग २०६५ वैशाखमा विवाह गरेका थिए ।


थापाको संविधान सभामा दलहरू बीचमा सहमति बनाउन आफ्नो प्रमुख प्रयास रहँदै आएको छ । त्रिचन्द्र क्याम्पसमा पढ्न थालेपछि चाहिँ उनी विद्यार्थी सङ्गठनमा लागेका हुन् । त्यसपछि उनी नेविसंघको सदस्य भए ।२०५१ सालमा उनी त्रिचन्द्र स्वतन्त्र विद्यार्थी युनियनको सदस्यमा निर्वाचित हुनुभयो । त्यसपछि उनले राजनीति मार्फत नै अघि बढ्ने अठोट गरेका थिए । त्रिचन्द्र स्ववियुमा सदस्य सचिव हुँदै सभापति बनेका थापाले २०५५ पछि भने केन्द्रीय राजनीतिमा सक्रिय भएका हुन् । केन्द्रीय राजनीतिमा सक्रिय भए पश्चात् उनी उपाध्यक्ष हुँदै महामन्त्री बनेका थिए । उनी प्रचण्ड मन्त्रिपरिषद्, २०७३ मा स्वास्थ मन्त्रीसमेत बनेका थिए ।


गगन थापा जीवनमा पहिलो पटक २०५१ सालमा हिरासत बसेका थिए । त्यतिबेला एमालेको अल्पमतको सरकार थियो । गृहमन्त्री केपी ओली थिए । नेविसंघले नेपाल बन्द आह्वान गरेको थियो । त्यसपछि उनी ८, १० पटक जेल परेका थिए । २०५९ असोज १८ पछि सूर्यबहादुर थापाको प्रधानमन्त्रित्वमा उनीसहित गुरुराज घिमिरे र पुरुषोत्तम पौडेललाई राजकाज मुद्दा लागेको थियो ।त्यसपछि उनको अधिकांश समय सडक आन्दोलनमा बित्यो । नेपाली कांग्रेसको १३ औँ महाधिवेशनमा महामन्त्री पदको लागि आफ्नो उम्मेदवारी घोषणा गरेका थापालाई नेपाली कांग्रेसको भावी सभापतिको रूपमा पनि हेरिन्छ भने उनी हाल कांग्रेसको १४ औँ महाधिवेशनबाट उनी महामन्त्रीमा पदमा फराकिलो मतले निर्वाचित भएका हुन् ।

कमेन्ट गर्नुहोस्