लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमालाई बालमैत्री नगर घोषणा गर्न प्रदेश सरकार र जिससको अनुमति, घोषणाको तयारी पुरा

IMG

२०७८ मङ्सिर २८, तिलोत्तमा सिटी। रुपन्देहीको तिलोत्तमा नगरपालिकालाई बालमैत्री नगर घोषणा गर्न लुम्बिन प्रदेश मुख्यमन्त्री कार्यालय र  जिल्ला समन्वय समिति रुपन्देहीले अनुमति दिएको छ । लुम्बिनी प्रदेशका मुख्य मन्त्री कुल बहादुर केसी द्वारा सिफारिस ब्यक्त गर्दै तिलोत्तमा नगरपालिकाको कार्य सराहनीय रहेको अबगत गराउदै अनुमति दिएको हो।  त्यस्तै जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख एकराज बिश्वकर्माले तिलोत्तमा नगरपालिकाले स्थानीय शासन प्रक्रियामा बालबालिकाहरुको अधिकार सम्बन्धी सवालहरुलाई मुल प्रवाहीकरण गर्दै बालमैत्री स्थानीय शासनको संस्थागत बिकास गर्न सवै प्रक्रिया पुरा गरेकाले अनुमति दिएका हुन । तिलोत्तमा नगरपालिकाले बालमैत्री नगरका लागि लिएको सवै लक्ष्यमा सूचक हासिल गरेकाले बालमैत्री सूचकमा अनुगमन गरेसँगै तिलोत्तमा नगरपालिका बालमैत्री नगर घोषणा गर्न योग्य रहेकाले प्रदेश मुख्यमन्त्री कार्यालय र जिल्ला समन्वय समिति रुपन्देहीले अनुमति दिएको हो ।




नगरपालिकाले यहि मङ्सिर २९ गते भब्य समारोहका बीच बालमैत्री नगर घोषणा गर्ने अन्तिम तयारी पुरा गरेको छ । बालबालिकाहरुको लागी गरेको योजनाहरु तथा सूचकहरुको कार्यान्वयन पक्षमा मापदण्ड पुगेको, बालअधिकारको प्रवद्र्धनका लागि वाल समूह तथा बाल सञ्जालको गठन, परिचालन, क्षमता विकास, स्थानीय तहको योजना तर्जुमामा सहभागी, बालमैत्री पूर्वाधारको विकास एवं सचेतिकरण जस्ता कामहरु भएका छन्। ‘जिल्ला समन्वय समितिबाट भएको अनुगमनले बालमैत्री नगरका लागि पाएको अनुमति र स्वीकृतीले बालबालिकाको अधिकारलाई संस्थागत गर्न बालमैत्री स्थानीय शासन रामधुनी नगर घोषणा हुने तिलोत्तमा नगरपालिकाका निमित्त प्रसासकिय अधिकृत तथा शिक्षा शाखा प्रमुख गंगाराम आचार्यले बताए ।

 

कमेन्ट गर्नुहोस्