लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

मणिपाल मेडिकल कलेजले ६ लाख बढी शुल्क असुल्यो, विद्यार्थीले लगाए ताला

IMG

२०७८ मङ्सिर २१ ,तिलोत्तमा सिटी। 

   पोखरास्थति मणपाल मेडिकल कलेजले एमबिबिएस अध्ययनका लागि भर्ना हुन पुगेका विद्यार्थीसँग सरकारले तोकेकोभन्दा ६ लाख बढी शुल्क असुलेको विद्यार्थीले आरोप लगाएका छन्। चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा ६ लाख बढी शुल्क लिएको भन्दै विद्यार्थी तथा अभिभावकहरुले कलेजमा तालाबन्दी गरेको छ।चिकित्सा शिक्षा संघर्ष अभियानका विद्यार्थी तथा अभिभावकले सोमबार कलेजमा ताला लगाएका हुन्। उनीहरुले नियमविपरित असुलेको शुल्क फिर्ता नगरेसम्म अनिश्चित समयका लागि तालाबन्दी गरेको बताएका छन्।


तालबन्दीपछि प्रेस विज्ञप्ति जारी गर्दै उनीहरुले गैरकानूनी रुपमा शुल्क नलिन चेतावनी दिएका छन्। ‘यस्तो चरम गैरकानूनी लुट तुरुन्तै रोकी बढी लिएको शुल्क फिर्ता गर्न मणिपाल लगायत विभिन्न प्राइभेट मेडिकल कजेज प्रशासनलाई चेतावनी गर्दछौं। र यो विषयमा सम्बन्धित निकायलाई कारबाही र निकासको निम्ति आग्रह गर्दछौं,’ विज्ञप्तीमा भनिएको छ।मणिपाल कलेजले विद्यार्थीहरुलाई जबरजस्ती आवासमा बस्न बाध्य बनाएको पनि विद्यार्थीहरुले आरोप छ।


आयोगले लिएको प्रवेश परीक्षामा मेरिटमा रहेका विद्यार्थीले म्याचिङ अनुसार भर्नाका लागि एमबिबिएस अध्ययनका लागि नियमअनुसार पहिलो किस्ताको शिक्षण शुल्क विश्वविद्यालयको खातामा जम्मा गरिसकेका छन्। तर कलेजले यसरी नियमअनुसार शुल्क तिरेका विद्यार्थीसँग थप ६ लाख मागेपछि विद्यार्थी र अभिभावक विरोधमा उत्रेका हुन्। चिकित्सा शिक्षा ऐन अनुसार शिक्षण शुल्कका नाममा आयोगले तोकेभन्दा बढी शुल्क लिन गैरकानुनी हो।

कमेन्ट गर्नुहोस्