लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

प्रस्तावित राजदूत खत्री भन्छन् : एमसीसी नलिने हो भने प्रष्ट भने हुन्छ

IMG

२०७८ मङ्सिर २० ,तिलोत्तमा सिटी। 

  अमेरिकाका लागि प्रस्तावित नेपाली राजदूत श्रीधर खत्रीले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)लाई इन्डो प्यासिफिकसँग जोड्नु गलत भएको बताएका छन् । यसमा नेपाल र अमेरिका दुबै तर्फबाट भ्रम फैलाइएको समेत उनले बताए ।सोमबार संसदीय सुनुवाइ समितिको सुनुवाइका क्रममा प्रस्तावित राजदूत खत्रीले भने, ‘इन्डो प्यासिफिकसँग जोड्ने धारणा केही यताबाट गलत हो र केही उताबाट पनि हो ।’


एमसीसी विकासका लागि आएको अनुदान भएको र संसदबाट पास हुनुपर्छ भनेर नेपालकै कानुन मन्त्रालयले भनेको खत्रीले स्मरण गरे । अमेरिकी सहायकमन्त्रीले पनि एमसीसी इन्डो प्यासिफिक रणनीति अन्तर्गत पर्छ भनेकाले भ्रम फैलिएको उनले बताए ।एमसीसी देशभित्रको विवादमा अल्झिएको भन्दै उनले भने, ‘लिने हो भने प्रष्ट भने हुन्छ । नलिने हो भने पनि प्रष्ट भने हुन्छ ।’

कमेन्ट गर्नुहोस्