लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

लुम्बिनी आउँदै राष्ट्रपति भण्डारी

IMG

२०७८ मङ्सिर १६ ,तिलोत्तमा सिटी।  

राष्ट्रपति विद्यादेवी भण्डारी बिहीबार (आज) लुम्बिनी आउने कार्यक्रम छ ।लुम्बिनी बौद्ध विश्व विद्यालयमा आयोजित त्रियान प्रज्ञा सम्मेलन समारोह र विश्व विद्यालयको पुस्तकालय भवन उद्घाटनमा सहभागी हुन राष्ट्रपति लुम्बिनी आउन लागेकी हुन् ।राष्ट्रपतिले दिउँसो १ बजे सम्मेलनमा सहभागी हुने कार्यक्रम रहेको छ । त्यसअघि राष्ट्रपति भण्डारीले आजै कपिलवस्तुको बाणगंगास्थित कैलाश आश्रमको निरीक्षण गर्ने कार्यक्रमसमेत छ ।

कमेन्ट गर्नुहोस्