लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

एमालेको प्रथम विधान र १०औँ महाधिवेशनमा १३ करोड ७१ लाख खर्च, कुनमा कति ?

IMG

२०७८ मङ्सिर १४ ,तिलोत्तमा सिटी।

चितवनमा जारी एमालेको १०औँ महाधिवेशनमा नौ करोड रुपैयाँ खर्च भएको छ ।निर्धारित समयभन्दा दुई दिन लम्बिएको महाधिवेशनमा नौ करोड रुपैयाँ खर्चको एमाले कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए । सात करोड ५० लाख अनुमान गरिएकोमा दुई दिन लिम्बँदा नौ करोड खर्च हुन पुगेको उनले बताए । 

‘दुई दिन महाधिवेशन लम्बिनी अप्रत्यासित नै भयो । यसले अलि बढी खर्च भयो । महाधिवेशन लम्बिँदा खान बस्ने एक करोड ५० लाख खर्च भयो’, महाधिवेशन स्थलमा पत्रकारसँग कुरा गर्दै तामाङले भने, ‘जम्मा सात करोड ५० लाखको बजेट बनाएका थियौँ । तर, दुईदिन लम्बिँदा सात करोड ५० लाखमा थप एक करोड ५० लाख रुपैयाँ खर्च बढ्ने सम्भावना छ । सबै बिलहरू आइसकेपछि थाहा हुन्छ ।’ उनका अनुसार ललितपुरमा भएको विधान महाधिवेशनमा चार करोड ७१ लाख रुपैयाँ खर्च भएको थियो । 


कमेन्ट गर्नुहोस्