
२०७८ मङ्सिर १३ ,तिलोत्तमा सिटी ।
दश वर्षे जनयुद्धको दौरानमा आफ्ना दुई छोरा गुमाएका झापाका भीमबहादुर बस्नेतले नेकपा (माओवादी केन्द्र) को केन्द्रीय सल्लाहकारको जिम्मेवारी प्राप्त गरेका छन् ।माओवादी केन्द्रको पछिल्लो स्थायी समितिको वैठकले बस्नेतलाई सो जिम्मेवारी दिएको हो । माओवादी केन्द्रको विधान अनुसार केन्द्रीय सल्लाहकारलाई केन्द्रीय सदस्य सरहको मर्यादा दिइएको छ ।
बस्नेतले विगतमा माओवादीको झापा जिल्ला सदस्य, कोचिला राज्य समिति सल्लाहकार, वेपत्ता योद्धा परिवार समाजका संस्थापक सहसंयोजक लगायतको जिम्मेवारीमा रही आफ्नो भूमिका निर्वाह गरेका थिए । बस्नेत विगतमा माओवादीको तत्कालीन हेटौंडा महाधिवेशन प्रतिनिधि र विराटनगर राष्ट्रिय सम्मेलन प्रतिनिधिको रुपमा समेत सहभागी थिए ।
वि.सं.२०६० देखि बस्नेतका माइला छोरा पुष्पराज बस्नेत र कान्छा छोरा धीरेन्द्र बस्नेत तत्कालीन सेनाको भैरवनाथ गणबाट हालसम्म वेपत्ता बनाइएका छन् । द्वन्द्वकालमा राज्यपक्षबाट वेपत्ता पारिएकाहरूलाई सार्वजनिक गराउन माग गर्दै भएको आन्दोलनमा बस्नेतले लामो समयसम्म नेतृत्व गरेका थिए ।
कमेन्ट गर्नुहोस्