लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

त्रिविका आंशिक प्राध्यापकहरु फेरि आन्दोलनमा उत्रिए

IMG

२०७८ मङ्सिर १३ ,तिलोत्तमा सिटी।

 त्रिभुवन विश्वविद्यालयका आंशिक प्राध्यापकहरुले फेरि आन्दोलनमा उत्रिएका छन् ।त्रिविले आंशिक प्राध्यापकलाई करार सेवामा राख्ने सम्झौता गरेको करीब पाँच महीनासम्म पनि कार्यान्वयन नभएको भन्दै आंशिक प्राध्यापकहरु फेरि आन्दोलनमा उत्रिएका हुन् ।

देशभरका आंशिक प्राध्यापकहरु भेला भइ धर्ना दिइरहेको र विभिन्न जिल्लाबाट आउने क्रम जारी रहेकको आंशिक प्राध्यापक केन्द्रीय संघर्ष समितिका अध्यक्ष गोकुल लिम्बुले जानकारी दिए ।


उपकुलपतिको कार्यलय अगाडी धर्ना कार्यक्रम रहेको र माग सम्बोधन गर्न ज्ञापनपत्र बुझाएको संघर्ष समितिका अध्यक्ष लिम्‍बुले बताए । उनले भने ‘हामीले हिजो शिक्षाध्यक्षलाई दुई दिनको अल्टिमेटम सहितको ज्ञापनपत्र बुझाएका छौं । दुई दिनभित्र समस्या समाधान भएन भने थप कडा आन्दोलनमा उत्रिने तयारीमा छौं ।’संघर्ष समितिले गत साउनमा देउवा सरकारले गरेको निर्णय तत्काल कार्यान्वयन हुनुपर्ने र २०७४ पछि थपिएका ५८० आंशिक प्राध्यापकलाई करार सेवामा राख्नुपर्ने माग गर्दै त्रिविको उपकुलपति, रजिष्ट्रार, रेक्टर र सेवा आयोगको कार्यालयमा ताला लगाएको थियो ।


समितिले ताला लगाएको दशौं दिनको अबेर राति त्रिविले उक्त निर्णय तत्काल कार्यन्वयन गर्ने सम्झौता गरेको थियो । तर अहिलेसम्म त्रिविले उक्त सम्झौता कार्यन्वयन नगरेको भन्‍दै आन्दोलनमा उत्रिनु परेको आंशिक प्राध्यापकहरुको भनाइ छ ।२०७४ सालमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले १ हजार ४२० आंशिक प्राध्यापकको लागि करार दरबन्दी खोल्ने सम्झौता कार्यन्वयन गर्न माग गर्दै आंशिक प्राध्यापकहरु पटक पटक आन्दोलन गर्दै आएका छन् ।

कमेन्ट गर्नुहोस्