लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

जाजरकोटमा बस दुर्घटना : ५ को मृत्यु, २७ जना घाइते

IMG

२०७८ मङ्सिर १२, तिलोत्तमा सिटी । जाजरकोटमा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन्।नेपालगन्जदेखि राडिबजार जाँदै गरेको ७ ख २७५७ नम्वरको रात्रि बस आज बिहान साढे २ बजेतिर जाजरकोटको भेरी नगरपालिका १३ वराहचौर नजिक दुर्घटना भएको हो।मृतकहरुको सनाखत हुन बाँकी छ । घाइतेहरुको उपचार जिल्ला अस्पताल जाजरकोटमा भइरहेको प्रहरीले जनाएको छ।घाइते र मृतकहरु नलगाड नगरपालिका र बारेकोट गाउँपालिकाका रहेको बताइएको छ।दुर्घटनास्थल जाजरकोट सदरमुकामबाट करीब ११ किलोमिटर पश्चिममा पर्दछ । बस सडकबाट करीब दुई सय मिटर तल खसेको छ ।चालक प्रहरी नियन्त्रणमा रहेको र अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

   

कमेन्ट गर्नुहोस्