लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

थप १५८ जनामा कोरोना संक्रमण, ३४२ जना निको

IMG

२०७८ मङ्सिर १२, तिलोत्तमा सिटी ।

 पछिल्लो २४ घण्टामा थप १५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।६ हजार ६ सय ४ जनाको पीसीआर परीक्षण गर्दा १५४ जना र २ हजार ३ सय १४ जनाको एन्टीजेन परीक्षण गर्दा ४ जना गरी १५८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ भने ३४२ जना निको भएका छन् ।


आइतबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख १६ हजार ३५० पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ५२३ पुगेको छ भने ८ लाख २ हजार ३८९ जना संक्रमणमुक्त भएका छन् ।मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ६ हजार ९६६ जना रहेका छन् । जसमध्ये ६ हजार ५८९ जना होम आइसोलेसनमा रहेका छन् भने ३७७ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये १७१ जना आईसीयू र ३३ जना भेन्टिलेटरमा उपचाररत् छन् ।यस्तै १० वर्ष मुनिका ३ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका १३ जना कोरोना संक्रमित थपिएका छन् ।

कमेन्ट गर्नुहोस्