लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

८० वर्षे डिजाइन आयुको पुल बन्दाबन्दै भत्कियो

IMG

२०७८ मङ्सिर १२, तिलोत्तमा सिटी ।

भोजपुरको रामप्रसादराई गाउँपालिका र हतुवागढी गाउँपालिकालाई जोड्ने कावा खोलामाथि निर्माण भइरहेको पुल बन्दाबन्दै भत्किएको छ । करिब ५ करोड रुपैयाँको लागतमा निर्माण भइरहेको पक्की पुल स्विस सरकारको सहयोगमा बनिरहेको थियो ।८० वर्षको आयु हुने र भूकम्प प्रतिरोधी बन्ने गरी डिजाइन भएको पुल बनिनसक्दै भाँचिएको हो । भोजपुर–मानेभज्याङ–रानीबास–घोडेटार सडकखण्डअन्तर्गत पर्ने सो पुल १२ फागुन २०७६ मा शिलान्यास गरिएको थियो । पुल ढलानपछि टेकाले थाम्न नसकेर भाँचिएको हो ।


कमेन्ट गर्नुहोस्