
२०७८ मङ्सिर ५ ,तिलोत्तमा सिटी ।
नेपाल प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री इन्टरपोलको ८९औं महासभामा सहभागी हुन आइतबार टर्की प्रस्थान गरेका छन् । उनको अनुपस्थितिमा तेस्रो वरियताका एआईजी निरजबहादुर शाहीलाई निमित्त प्रहरी महानिरीक्षकको जिम्मेवारी दिइएको छ । प्रहरी महानिरीक्षक क्षेत्रीको अनुपस्थितिमा शाहीले प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी सम्हाल्ने प्रहरी प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
कमेन्ट गर्नुहोस्