लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमा नगरपालिका बालमैत्री नगर घोषणा हुदै

IMG

२८ कात्तिक,२०७८ तिलोत्तमा सिटी । सुशासन,पारदर्शिता र समृद्ध बन्दै नेपालमै उत्कृस्ट ठहरिएको रुपन्देहीको तिलोत्तमा नगरपालिका बालमैत्री नगर घोषणा हुने भएको छ। सोहि अवसरको एक पत्रकार भेटघाट कार्यक्रममा रुपन्देहीका पत्रकारहरुले स्थानीयतहलाई बालमैत्री बनाउने पक्षमा कलम चलाउने प्रतिवद्धता व्यक्त गरेका छन् । तिलोत्तमा नगरपालिकालाई बालमैत्री नगर घोषणा गर्ने पूर्व तयारी अनुसार सञ्चारकर्मीहरुका बीच भएको अन्तरक्रियामा उपस्थित सञ्चारकर्मीहरुले तिलोत्तमालाई बाल मैत्री नगर घोषणा गराउने विषयमा सामूहिक रुपमा प्रतिवद्धता जनाएका छन् ।


उनीहरुले आ आफ्नो सञ्चारमाध्यममा बालमैत्री समाचारहरु संप्रेषण गर्ने र स्थानीय तहले बालमैत्री स्थानीय तह बनाउने क्रममा गर्ने क्रियाकलापको खबरदारी गर्ने समेत बताएका छन् ।सञ्चारकर्मीहरुको तर्फबाट अन्तरक्रियमा धारणा राख्दै नेपाल पत्रकार महासंघ रुपन्देही शाखाकी उपाध्यक्ष अमृता अनमोलले बालमैत्री नगर कागजमा मात्रै नभई व्यवहारमा पनि हुनुपर्नेमा जोड दिइन् । उनले स्थानीयतहले सन्चारकर्मीहरुलाई क्षेत्रगत विभाजित नगर्न आग्रह गर्दै समान व्यवहार गर्न सुझाव दिईन् । नगरलाई बालमैत्री बनाउनका लागि निगरानी तथा हौसला प्रदान गर्ने गरी कलम चलाउने सञ्चारकर्मीहरुको तर्फबाट उनले प्रतिबद्धता जनाईन् ।


तिलोत्तमा नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्रीले नगरलाई बालमैत्री बनाउनका लागि आवश्यक सम्पूर्ण सूचकहरुको पालना गर्दै अघि बढ्ेको जनाउँदै त्यसलाई सफल बनाउन सञ्चारकर्मीहरुको प्रमुख भूमिका हुने बताए । उनले व्यवहारिक रुपमै बालमैत्री नगर बनाउने प्रतिवद्धता समेत व्यक्त गरे ।अन्तरक्रियाका सहजकर्ता बालमैत्री स्थानीय शासनका राष्ट्रिय सहजकर्ता विष्णु बहादुर चौबेले दिगो विकासका लक्ष्य हासिल गर्नका लागि पनि बालमैत्री स्थानीय तह हुन आवश्यक रहेको बताए । उनले दिगो विकासका लक्ष्य हासिल गर्नका लागि नेपाल सरकारले आगामी २०८७ सम्म सबै स्थानीय निकायहरुलाई बालमैत्री घोषणा गर्ने लक्ष्य अनुरुप तिलोत्तमाले रुपन्देहीमा पहिलो र उदाहरणीय कामको थालनी गरेको बताए । तिलोत्तमालाई २०७८ मंसिर २९ गते बालमैत्री नगर घोषणा गर्ने तयारी गरिएको छ ।

                                                                

कमेन्ट गर्नुहोस्