लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमामा मेलमिलापकर्ताहरुको लागि पुन:ताजगी तालिम सुरु

IMG

२८ कात्तिक,२०७८ तिलोत्तमा सिटी । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा यहि कार्तिक २८ गते देखि ३ दिने मेलमिलापकर्ताको लागी पुन: ताजगी अभिमुखिकरण तालिम आज शुरु भएको छ । तालिमको उद्घाटन गर्दै नगरपालिकाका नगर उपप्रमुख जगेश्वरदेवी चौधरीले सामाजिक विवाद तथा समस्या समाधानमा मेलमिलापकर्ताको महत्वपूर्ण भुमिका रहने बताउँदै त्यसका लागि आवश्यक नीति तथा बजेटको ब्यवस्था गरिने बताउनुभयो । तालिमले जिम्मेबारी र समस्या समाधानमा टेवा पुर्याई सुशासन युक्त नगर बनाउन झनै मद्धत पुग्ने उदेश्यले सो तालिमको आयोजना गरिएको नगर उपप्रमुख जागेश्वर देवी चौधरीले बताउनुभयो। 




तिलोत्तमा नगरपालिका न्यायीक समितिको आयोजनामा संचालन गरिएको सो तालिममा नगरपालिकाका जनप्रतिनिधि ,कर्मचारी लगायत मेलमिलापकर्ताहरुको उपस्थिति रहेको थियो । तालिममा न्यायीक कार्यसम्पादन अन्तर्गत ब्यक्तिगत घटना दर्ता , नागरिकता , जन्मदर्ता , विवाह दर्ता लगायत अन्य सिफारिस र न्याय सम्पादनका क्रममा आईपर्न सक्ने समस्या र त्यसको समाधानका विषयमा छलफल गरिएको नगरपालिका वडा नम्बर ४ का अध्यक्ष दिवाकर ढकालले बताउनु भएको छ । तालिम कार्तिक ३० गतेसम्म चल्ने वडा अध्यक्ष ढकालको भनाई छ। 


कमेन्ट गर्नुहोस्