लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमाको विश्वशान्ति विद्यालयको चारकोठे भवन उद्घाटन

IMG

२८ कात्तिक,२०७८ तिलोत्तमा सिटी ।तिलोत्तमा नगरपालिका वडा नं. ९ नन्दनबनस्थित विश्व शान्ति सामुदायिक आधारभूत विद्यालयमा निर्माण गरिएको चार कोठे विद्यालय भवनको आज तिलोत्तमा नगर प्रमुख बासुदेव घिमिरेले उद्घाटन गर्नुभएको छ ।सो अनसरमा बोल्दै नगर प्रमुख घिमिरेले. तिलोत्तमा नगरपालिकाले शिक्षा क्षेत्रमा लगानी बढाउदै लगेको भन्दै नगर क्षेत्रभित्रका सम्पूर्ण सामुदायिक विद्यालयहरूलाई थप सुविधा सम्पन्न बनाउन कुनै कसर बाँकी नराखिने जानकारी दिनुभयो ।सो अवसरमा बोल्दै प्रअ डोलराज पाण्डेयले नयाँ कक्षा कोठा थपिएसँगै पठनपाठन थप सहजता थपिएको र पछिल्लो समय विश्व शान्ति सामुदायिक विद्यालयले शैक्षिक क्षेत्रमा ठुलो फड्को मारेको बताउनुभयो ।

 


तिलोत्तमा नगरपालिकाले सामुदायिक विद्यालयको शैक्षिकसँगै भौतिक पूर्वाधारको गुणस्तर वृद्धिलाई मुख्य प्राथमिकता दिँदै आएको छ । गत आर्थिक वर्षको बजेटमा दुई सामुदायिक विद्यालयले नगरपालिकामार्फत् भवन निर्माणको लागि बजेट प्राप्त गरेका थिए । भवन उद्घाटन कार्यक्रममा विशिष्ट अतिथि वडाध्यक्ष नारायण न्यौपाने, जनजागृति माविका प्रअ टंक प्रसाद पौडेल, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी तथा सल्लाहकार, नगर शिक्षा समितिका सदस्य, शिक्षक, कर्मचारी, विद्यार्थीलगायत स्थानीय शिक्षाप्रेमीहरुको सहभागिता रहेको थियो । कार्यक्रम विद्यालयका अध्यक्ष बिष्णु प्रसाद पाण्डेको अध्यक्षतामा सम्पन्न भएको थियो ।


कमेन्ट गर्नुहोस्