लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमा पत्थरडाँडामा रहेको फर्निचर उद्योगमा आगलागि

IMG

२५ कात्तिक,२०७८ तिलोत्तमा सिटी ।  रुपन्देहीको तिलोत्तमा स्थित कनौजे फर्निचर उद्याेगमा आगलागी भएको छ ।तिलोत्तमा नगरपालिका–१३ पत्थरडाँडामा रहेको फर्निचर उद्योगमा केही बेरअघि आगलागी भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता सत्यनारायण थापाले बताए ।आगो नियन्त्रणका लागि बुटवल उपमहानगरपालिका र सिद्धार्थनगर नगरपालिकाको दमकल जाँदै गरेको प्रहरी प्रवक्ता थापाले बताए ।


घटनाको बारेमा थप विवरण आउन बाँकी छ ।आगलागी नियन्त्रणका लागि स्थानीयहरू समेत जुटेको प्रत्यक्षदर्शी संचारकर्मी सरु रानाले तिलोत्तमा सिटीलाई जानकारी दिनुभएको छ। आगो नियन्त्रणका लागि बुटवल उपमहानगरपालिका र सिद्धार्थनगर नगरपालिकाको गरि ५ वटा दमकल पुगिसकेको प्रहरी प्रवक्ता थापाले बताए । घटनाको बारेमा थप विवरण आउन बाँकी रहेको छ । तिलोत्तमाको दमकल भने मर्मतमा रहेको जानकारीमा आएको छ।

कमेन्ट गर्नुहोस्